-नाम्सादिम संवाददाता
म्हेन्दाेमाया गायक राेम लामा र गायिका बिना घले लाेप्चनकाे सुमधुर आवज रहेको ताेङ्पे गङ माेङ्पे गङ म्युजिक भिडियाे सार्वजनिक गरेकाे छ । ल्हाप्साङ कर्पाेकाे युट्युब च्यानलबाट उक्त भिडियाे सार्वजनिक गरेकाे हाे ।

भिडियाेमा शब्द सङ्गीत बिनोद तामाङ, सङ्गीत संयोजक कमल सौराग, रेकर्डिङ डिजिटल काठमाडौं स्टुडियो र मिक्सिङ डिका गुरुङले गरेका छन् । भिडियाेकाे छायांकन किम्ताङ – ४ म्यागङ गाउँपालिका नुवाकोट जिल्ला किम्ताङ गाउँ वरिपरिको रमणिय ठाउँहरूमा गरेका छन् ।

छायाङ्कन प्रकाश वाईबा तामाङ, निर्देशन रुपा एस घले, सम्पादन रोशन फ्युबा तामाङले गरेको रहाे ।  भिडियाेमा नायक आराम्भ तामाङ र रुपा एस घलेको अभिनय रहेको छ । यस भिडियाेलाइ धेरै दर्शकहरूले मन पराउँने निर्देशक घलेले बताएकाे छ ।

भिडियाेमा धादिङ ,नुवाकोट र रसुवाको तामाङ समुदायहरुको भेषभुषा र संस्कारलाई समेटेकाे जनाएकाे छ । निर्देशकले यस भिडियाेलाइ सबैले हेरेर सहयाेग गरिदिन अनुराेध गरेका छन् ।

Comments

comments

SHARE