बैशाख ८, काठमाडाैं / गीत, संगित मनोरञ्जनका लागि मात्र नभइ यो भावना, ईच्छा, व्यबहार , वेदना संग अनि कुनै बस्तु, स्थान संग सम्बन्धित भएर पनि गाउने गर्दछन् । आफ्नो गाउँ, ठाउँको कुराहरु, त्यहाँको भौगोलिक बनावटहरुलाई मिठाे शब्दहरुमा सजाएर सबैलाई सुनौ सुनौ लाग्ने तथा संगितको धुनहरु सुन्दा ती ठाउँमा नपुगेका ब्यक्तिहरुलाई पनि एकपल्ट पुगौं पुगौं भन्ने बनाईदिन्छ । हो यस्तै शब्द अनि संगितमा सजिएको गायिका सपना लामाको स्वरमा सजिएको “नमोबुद्ध घुम्न जाउँ” बोलको गित गोल्चे सन्चार युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

२०७० साल देखि गायन क्षेत्रमा लागेका गायिका सपना लामाको यो भन्दा अघिको लोकप्रिय गितहरुमा हिँउदोमा हिउँ पर्दा, आकाशलाई सुहाउँदा, एसियाको आगनी, आङी ला जामे श्रोता अनि दर्शक माझ चर्चा बटुल्न सफल भएका थिए ।

“नमोबुद्ध घुम्न जाउँ” को शब्द संगित डिबि लामा, जोगलाल लामाको एरेन्ज तथा दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।म्युजिक भिडियोलाई काभ्रे नमोबुद्ध वरिपरिकाे मनोरम स्थानहरुमा छायांकन गरेका छन् । गीतकाे भिडियोलाई पत्रकार प्रीतम तामाङले निर्देशन गरेकाे हाे । छायांकन बज्र न्यासुर तथा अभिनय पुसन लामा र सुनिल दोङ तामाङले गरेका छन्।
भिडयाे यस प्रकार रहेकाे छ ।

Comments

comments

SHARE