-नाम्सादिम संवाददाता
बैशाख ७, काठमाडाैं/ राजधानीमा शनिबार नेपाली कथानक चलचित्र ‘एटीन’ प्रदर्शन भएको छ । उक्त चलचित्रको कथा र निर्देशन प्रेम लामा घिसिङ तामाङले गरेको हो । तामाङ नेपाल तामाङ घेदुङ यु केका निवर्तमान अध्यक्ष समेत हुन् । तामाङको यो चौथो चलचित्र हो । तामाङले यस अघि यू टर्न लगायत अन्य चलचित्रहरु पनि बनाईसकेका छन् ।

शनिबार बागबजारमा प्रदर्शन भएको चलचित्र एटीनमा विदेशमा सधैं जसो आफ्नो परिवारलाई भन्दा पनि काम र पैसालाई महत्व दिएको हुनाले आफ्नो बालबालिकाको दिमागमा परेको नकारात्मक असरलाई उतारेका छन् । परिवारलाई भन्दा पनि कामलाई बढी ध्यान दिएपछि स–साना बालबालिकाले गलतबाटोमा लागेको कथा यस चलचित्रमा उतारेका छन् । बेलायतमा परिवार सहित सेटल भएर बसेका नेपालीहरुको यो यथार्थ कथा पनि हो । बुवाआमाले परिवारको राम्रोको लागि सोचेर आफ्नो कामलाई महत्व दिए पनि यसले पारिवारिक कम्युनिकेशन भने ग्याप भएको छ । पारिवारिक कम्युनिकेशन ग्याप भएपछि छोरोछोरीले नेपाली संस्कार पनि भुलेर बेलायती संस्कारमा नै हुर्केका छन् ।

तामाङ आफै पनि यस चलचित्रमा अभिनय गरेका छन् । Premis Vision Uk को व्यानरमा बनेको यस चलचित्रमा निर्माता पेमा डोल्कर र तारादेवी लामा तामाङ रहेका छन् । यस चलचित्रलाई गत फेब्रुअरी २४ मा हयारोस्थित सफारी सिनेमा हल लन्डनमा पहिलो पटक प्रदर्शन गरेका थिए ।

यस चलचित्र नफा कमाउँने उदेश्यले भन्दा पनि बेलायतमा बसेर सेटल भएका नेपालीहरुको यथार्थ समस्यको समाधानका निम्ति सन्देश पु¥याउँने उदेश्यले बनाएका निर्देशक तामाङले बताए । यसको छायांकन बेलायतमा नै गरेका छन् ।

चलचित्रमा प्रसुना कंडेल,सनम कुमार वैराग, प्रेम लामा तामाङ, राजदीप राई, अम्बिका राई, क्रिश एपलटन, राा मिया लगायतले अभिनय गरेका छन् । नेपामा चलचित्र प्रदर्शन गर्न Childspace Foundation Nepal,अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ र Redata Pvt.Ltd ले सहयोग गरेका थिए ।

Comments

comments

SHARE