बैशाख ६,सिङ्गुन / तामाङ समुदायको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक राष्ट्रिय पर्व तेमाल जात्रा शुक्रबार बैशाख ६ गते सिङ्गुन (स्वयम्भूमा मनाएका छन् । तेमाल जात्रा पुर्णिमाको दिन स्वयम्भूमा बैशाख ६ गते मनाउने प्रचलन रहेकाे छ । तेमाल जात्रा तामाङ समुदायले बर्षेनी मनाउँदै अाएका छन् ।

जात्रा बाैद्ध र स्वयम्भूमा पुर्णिमाकाे अघिल्लाे दिन बाैद्ध र पुर्णिमाकाे दिन स्वयम्भूमा लाग्ने गर्दछ । तेमाल जात्रामा विदेशीहरू पनि तामाङ टाेपीमा सजिएर जात्रालाइ मनाएका छन् । तामाङ समुदायले तेमाल जात्रालाइ अादिम कालदेखि मनाउँदै अाएका छन् ।

दिवंगत चित्ताकाे शान्तिका लागि बाैद्ध र स्वयम्भूमा चैत्र पुर्णिमाकाे अघिल्लाे दिन बाैद्ध र स्वयम्भूमा मनाउँने गरिन्छ । तामाङ हरूले पितृहरूकाे नाममा बत्ति बालिसकेपछि तामाङ फापर गीत गाउँने प्रचलन रहेकाे छ । यसै गरी गाउँबाट अाफ्नै टिका लामा गुरूहरू ल्याएर पितृकाे नाममा पूजा पाठ गर्ने, छ्युमे नाङसाल बाल्ने प्रचलन पनि रहेकाे छ ।

यस जात्रालाई तेमालका शक्तिशाली राजा ह्रिन्जेन दोर्जे बल तामाङले राजकीय मान्यता पनि दिएको भन्ने किवंदन्तीहरुमा उल्लेख भएको पनि पाइन्छ । तेमालका जनतालाई राजा स्वयम्ले जात्रा मनाउन अनुरोध गरपछि जात्रा मनाउँन शुरु गरेको विभिन्न जनश्रुतिहरुमा पाइन्छ । बौद्ध स्तूपको जीर्णेद्धार कार्य सम्पन्न गरेको खुशीयालीमा महास्तूपमा पितृहरुको चित्तले शान्ति मिलोस भन्दै नाङसाल छ्युमे बाल्ने र म्हाने घुमाउँने, लामा गुरुहरुबाट विषेश पूजापाठ गरेर मनाउँने गरेको पनि जनश्रुतिमा उल्लेख गरेको पाइन्छ ।
मेला भर्न अाएका तामाङहरू माैलिक तामाङ गीतहरू गाएर मनाएका थिए । उक्त गीतलाइ तामाङ ज्ञानकाे रूपमा पनि परिणात गरेर गाएका छन् ।

Comments

comments

SHARE