-हिरामान बल तामाङ
बैशाख ५, बाैद्ध / तामाङ समुदायको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक राष्ट्रिय पर्व तेमाल जात्रा बिहीबार बैशाख ५ गते बाैद्धमा मनाएका छन् । तेमाल जात्रा पुर्णिमाको दिन स्वयम्भूमा बैशाख ६ गते भाेली शनिबार मनाउँने छन् ।  विहीबार शुरू भएकाे तेमाल जात्रामा लाखाैं दर्शनार्थिहरूले मेला भरेका छन् ।

मेला व्यवस्थापनका लागि बौद्धनाथ क्षेत्र विकास समिति, र बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति,  तामाङ कल्याण गुठी लगायत ४५ संस्थाका स्वयम्सेवकहरू खटाएकाे समितिका कार्यकारी निर्देशक बसन्त लामा तामाङले जानकारी दिनुभएकाे छ ।

तेमाल जात्राका दिन गाउँबाट मेला भर्न आएका तामाङहरुलाई असहज नहोस भन्दै क्षेत्र विकास समिति लगायत विभिन्न संघ संस्थाहरूले निःशुल्क जुस पानी वितरण गरेका थिए । यस्तै समितिकाे संयाेजनमा माेन्लम पूजापाठ, स्वास्थ्य शिबिर पनि राखेका थिए । टाडाबाट अाएका दर्शनार्थिहरूलाइ केही समस्य नहाेस भन्दै समितिले निःशुल्क शिबिर राखेकाे समितिका अध्यक्षा चन्द्रमान तामाङले जानकारी दिनुभएकाे छ । यस क्रममा नेपाल तामाङ घेदुङ साइप्रस, बौद्धनाथ क्षेत्र विकास समिति, कम्प्लिट डेन्टल कियर सेन्टर, घाेइलो सप्लायर्स, ह्याङला दोलखा काठमाडौं तामाङ समाज लगायतका संघ संस्थाहरुले निःशुल्क जुस पानी वितरण गरेका थिए ।

दर्शनार्थिहरुलाई सहज बनाउँनका लागि बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति बनाएर ४५ वटा संघ संस्थाले विभिन्न ठाउँमा स्वयम् सेवाकहरु परिचालन गरेका थिए । चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध खास्योर र भोली पल्ट अर्थत पूर्णिमाको दिन स्वयम्भूमा मनाउँने समापन गर्ने गरिन्छ । मेला भर्न काभ्रेको तेमाल, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, मकवानपुर, नुवाकोट, धादिङ, ललितपुर लगायतको ठाउँहरुबाट सहभागी हुने समितिका अध्यक्ष चन्द्रमान तामाङले बताउँनु भएकाे थियाे ।

पूर्णिको अघिल्लो दिन बौद्ध परिसरमा आफ्नो पितृहरुको नाममा छ्युमे नाङसाल बाल्ने, लामा गुरुहरुबाट ङोवा तथा पाठपूजा गर्ने र म्हाने घुमाउँने प्रचलन रहेको छ । यसरी चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन विहान बालाजु बाइसधारा स्नान गरी स्वयम्भूमा पुगेर दिवंगत चित्तको शान्तिका लागि पूजापाठ गर्दै विसर्जन गरीन्छ ।

किवंदन्ती अनुसार सत्युगमा विपश्पी बुद्ध काठमाडौं उपत्यकामा पाल्नु भई नागर्ज“न डाँडामा साधना गरी बस्नु भएको थियो । आफ्नो ऋिषी शक्तिले चैत्र पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको विज रोप्नु भएको थियो । सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको थियो । यसरी विपश्वी बुद्धले कमलको विज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ ।

यस जात्रालाई तेमालका शक्तिशाली राजा ह्रिन्जेन दोर्जे बल तामाङले राजकीय मान्यता पनि दिएको भन्ने किवंदन्तीहरुमा उल्लेख भएको पनि पाइन्छ । तेमालका जनतालाई राजा स्वयम्ले जात्रा मनाउन अनुरोध गरपछि जात्रा मनाउँन शुरु गरेको विभिन्न जनश्रुतिहरुमा पाइन्छ । बौद्ध स्तूपको जीर्णेद्धार कार्य सम्पन्न गरेको खुशीयालीमा महास्तूपमा पितृहरुको चित्तले शान्ति मिलोस भन्दै नाङसाल छ्युमे बाल्ने र म्हाने घुमाउँने, लामा गुरुहरुबाट विषेश पूजापाठ गरेर मनाउँने गरेको पनि जनश्रुतिमा उल्लेख गरेको पाइन्छ ।
मेला भर्न अाएका तामाङहरू माैलिक तामाङ गीतहरू गाएर मनाएका थिए । उक्त गीतलाइ तामाङ ज्ञानकाे रूपमा पनि परिणात गरेर गाएका छन् ।

Comments

comments

SHARE