-नाम्सादिम संवाददाता
बैशाख ४, बाैद्ध / तामाङ समुदायको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक राष्ट्रिय पर्व तेमाल जात्रा बिहीबार बैशाख ५ गतेदेखि शुरु हुने भएको छ । यस जात्रा चैत्र पुर्णिमको अघिल्लो दिन ५ गते बौद्ध र पुर्णिमाको दिन स्वयम्भूमा आदिम कालदेखि मनाउँदै आएका छन् ।

तेमाल जात्राका दिन गाउँबाट मेला भर्न आएका तामाङहरुलाई असहज नहोस भन्दै विभिन्न संघ संस्थाले निःशुल्क पानी, जुस वितरण गर्ने भएको छ । यस क्रममा नेपाल तामाङ घेदुङ साइप्रस, बौद्धनाथ क्षेत्र विकास समिति, कम्प्लिट डेन्टल कियर सेन्टर, घाेइलो सप्लायर्स, ह्याङला दोलखा काठमाडौं तामाङ समाज लगायतका संघ संस्थाहरुले निःशुल्क जुस पानी वितरण गर्ने भएको छ ।

यस्तै बौद्धनाथ क्षेत्र विकास समितिले निःशुल्क सामन्य स्वास्थ्य चेकअप र उपचार समेत गर्ने भएएको छ । समितिले दर्शनार्थिहरुलाई सहज बनाउँनका लागि बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति बनाएर ४५ वटा संघ संस्थाले विभिन्न ठाउँमा स्वयम् सेवाकहरु परिचालन गर्ने जानकारी दिएको छ ।

Comments

comments

SHARE