बैशाख ४, काठमाडाैं / रेडियोकर्मी तथा गीतकार सुर्य मोक्तानको नयाँ लोक पप गीत “दिलको प्रस्ताव” नयाँ वर्ष २०७६ सालको आगमनसँगै सार्वजनिक भएको छ । माेक्तानले यसअघि पनि तामाङ भाषामा बनेका चर्चित गीत बदनाम ताजी चु जिन्दगी र राङलान गोङमा न्हेसी भ्रामा स्हुसेर खाबा तिल्दा लगायतकाे गीतहरू लेखि सकेका छन् ।

माेक्तानकाे गीतहरु तामाङ भाषा प्रेमीहरुले अत्यन्तै मन पराएका थिए । भर्खरै सार्वजनिक गरेकाे दिलको प्रस्ताव गीतलाई नयाँ प्रतिभावान गायक लालध्वोज मोक्तानले गाएका छन् भने संगीत रचनाकार स्वयं सुर्य मोक्तानले भरेका छन् । उक्त गीतलाई बैशाख १ गते नयाँ बर्षकाे अवसर पारेर तामाङ अनलाईन टिभि युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

अडियो गीतमा बाबु तामाङ, घिसिङले सुन्दर म्युजिक एरेञ्ज गरेका छन् भने दिपेश प्रधानले मिक्सिङ गरेका छन । सम्भवत छिट्टै यो गीतको म्युजिक भिडियो बनाउने कुरा गायक लालध्वोज मोक्तानले जानकारी दिएका छन ।

Comments

comments

SHARE