-शेर्पा समुदायको मृत्य संस्कार

शेर्पा समुदायमा मृत्यू संस्कार बौद्धधर्म ञीङमपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पत्र गरिन्छ । जस अनुसार कसैको मृत्यू हुन साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छ्योमीन बाल्ने गर्दछ । त्यसपछि लामा धर्मगुरुहरू बोलाई धार्मिक विधिअनुसार पाठपुजा गर्नु गर्ने गरिन्छ । ठुला-ठूला लामाहरू बाट “फोवा” गर्ने गरिन्छ । यसपछि लासलाई धार्मिक विधि अनुसार “ठु” (पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेह्री सिङारिएको ठाउँमा राखीन्छ । लामाबाट लास संस्कार गर्ने साईत हेराएर ३ दिन देखी १ हप्ता सम्म घरमा नै वा आफ्नो घर नभएमा मृत्यू संस्कार गर्ने सुबिधा भएका सार्वजनीक गुम्बाहरूमा राखी दिन् रात पुजा गरिन्छ ।

शेर्पा समाजमा कसैको मृत्यू भएमा मृतकको नाताहरू धुप, र छोव (प्रसाद) लिएर जाने प्रचलन छ । लास संस्कार गरिने दिन पनि सबै नाता कुटुम्ब तथा मित्रहरू जम्मा भइ दाह संस्कारको लागी जानु पर्दछ । लासलाई संस्कार गर्न तोकिएको स्थानमा लगी धार्मिक विधि-बिधान अनुसार पाठ-पुजागरी जलाउने चलन छ । लासमा आगो लगाएपछी सबै मलामिहरूलाई पैसा दिइने चलन छ यसलाई “लक्पा रब्चे” भनिन्छ । मृत्यूपछी पनि आत्मा आफ्नो घर परिवारको वरिपरी नै घुमी रहन्छ भत्रे विश्वासमा दाहसंस्कार पछी मृतकको पुतला बनाई सो पुतलालाई बिहान बेलुकिको खाना दिने र मृत्यू पछी हुने कुराहरूको जानकारी दिन एक जना लामा पुरोहीत मृतकको घ्यवा नसकुनजेल सम्म सँगै राख्ने चलन छ । यस प्रकृयालाई शेर्पा भाषामा “तेन स्योम्बु” अथवा सातु पाल्नु भनिन्छ ।

सातु पाल्ने कार्य ३ देखी ७ हप्ता सम्म लाग्न सकिन्छ । मृत्यु भएको दिन देखी घ्यवा नसकुन्जेलसम्म प्रत्येक हप्ता अरु लामाहरू बोलाई पूजा गरिन्छ । यस पूजालाई “दिन्जीन” भनिन्छ । मृत्यु भएको ३ देखी ७ साता भित्र लामाहरू बोलाई पुजा गरी नातादारहरू, मित्रहरू बोलाई प्रसाद् बाँढेर घ्यवा सम्पत्र गरिन्छ । मृतकको सम्झनामा प्रत्येक बर्ष पुजा गर्ने चलन पनि छ । यसलाई “लोम्ज्यु” अथवा “गोङ्जो” भनिन्छ । शेर्पाहरूको मरण संस्कारमा अपनाईने कर्मकाण्डको बिबरण तल दिईएको छ ।

– फोवा ग्यकु यसको शाब्दिक अर्थ स्थानन्तरण गर्नु वा ठाँउ सार्नु हो । यो मृत्यूशैयामा रहेको व्यक्तिको शास जान लाग्दा लामा गुरुजनद्वारा आध्यात्मिक मन्त्र शक्तिबाट मरणासत्र व्यक्तिको आत्मा (नम्शिङ) लाई शिरको ब्रह्माण्डबाट छिराई सुगति र शुद्ध भुवनमा उद्धार गर्ने तान्त्रीक विधि हो । शेर्पाहरू यस विधिको शिक्षालाई मरणासत्र अवस्थामा मात्र नभई जिवीत हुँदा पनि ग्रहण गर्दछन । कदम कदाचीत कुनै व्यक्तिको मृत्यु अचानक भएमा यथासम्भव चाँडो फोवा ग्यकु गर्ने व्यवस्था गरिन्छ ।

– थोटोल रोकु यसको शाब्दिक अर्थ हो श्रवण मुक्ति अथवा शुद्ध हुन । मृत्यूशैयामा रहेको मरणासत्र व्यक्तिलाई एकजना लामाले थोटोल पाठ गरी सुनाईन्छ । यस थोटोल पाठमा व्यक्तिको मृत्यूभएको दिन देखि ४९ दिन (स्यग शिब्च्यु श्येगु) सम्मको बिचमा मृतकलाई हुने बिभीत्र डर त्रासको अनुभूति र त्यसको निबारणको ऊपायहरू बारे बताईएको हुन्छ । यसरी ७ हप्ता सम्म थोटोल बाचन गरेमा जस्तै महापापी पनि शुद्ध भई मुक्त हुन्छ भनिएको छ ।

– ठुसोल खिरु यसको शाब्दिक अर्थ सुद्ध पार्नु हो। व्यक्तिको शरीरबाट प्राण निसकेर गएपछि मृत शरीरलाई धोएर सफापार्ने, लामा गुरुजन बाट अभिसिन्चीत शुद्ध जल ले सिन्चीत गरि शुद्ध पारीन्छ ।

– रो गोङगु ठुसोलको विधि सम्पत्र भएपछी लासलाई सेतो कपडाले बेह्री ध्यान गरेजस्तै गरि राख्ने विधिलाई रो जोङगु (मुर्दा पोको पार्नु) र मुर्दालाई डल्लो पार्ने विधिलाई फुङबो गोङगु भनिन्छ ।

– सेम्सो खिरु यसको शाब्दिक अर्थ सान्त्वना दिनु हो । मृत्युको कारणबाट घर परिवारमा परेको दुखमा सहभागी हुन मृतकका आफन्तहरू बत्तीबालने घ्यु, पर्सादको लागी फलफुल, र पैसा राखी सान्त्वना प्रगट गर्छन ।

– केम्क्षाङ गेङगु मृतकको लास वा लासको बदलामा बनाईएको पुतला (तेन) को अगाडी आफन्तहरू र छरछिमेकी हरूले पेयपदार्थ तथा फलफुलहरू राखी सम्मान दिने चलन लाई केम्क्षाङ गेङगु भनिन्छ ।

– लम्तेन लामा मृतकको दाह संस्कारको लागी लाने समयमा बाटो देखाउनलाई एक जना लामाले लामो खाता वा कपडाको एक छेउ लामाले र अर्को छेउ मलामीले समाती लामाले नडोराएर लाने गर्दछ । यसरी बाटो देखाउने लामालाई लम्तेन लामा (बाटो देखाउने लामा) भन्दछन ।

– च्यब्तर लोङगु मृतकको दाह संस्कारको लागी लाने समयमा पञ्चरङगी ध्वजाहरू निलो, सेतो, हरियो, रातो र पहेंलो रङको पन्च रंगी बुद्धको प्रतिकको रुपमा मलामीको अघिअघि लामबद्ध भई जाने प्रचलन लाई च्यब्तर लोङगु भनिन्छ ।

– दीन्जीन तोङगु मृतकको आत्माको चीर शान्ति र पापमोचनको निमीत्त मृतकको परिवारले मृत्यु भएको दिन देखी प्रत्येक सात सात दिनमा घ्यवा नहुन्जेल सम्म गरिने पुजालाई दीन्जीन तोङगु, भनिन्छ ।

– न्याँपोर मृतकको आत्मालाई यस दुखमय लोकमा नबस, बुद्धको सुखमय लोकमा जानु भनि तान्त्रीक विधिबाट घ्यवा नसकुन्जेल प्रत्येक सात सात दिनमा गरिने अनुष्ठानलाई न्याँपोर भन्दछ ।
– झिन्सक लुकु मृतदेहको दाहसंस्कारको लागी आगो लगाएपछी मृतकको पाप शोधनको लागी लामा हरूबाट गरिने सामुहीक यज्ञलाई “झिन्सक लुकु” भन्दछन ।

– लग्प रब्छे चिहानमा लासको दाहसंस्कार गरिसके पछी मलामीहरू सबैलाई दक्षिणा स्वरुप केही रकम बितरण गरिने चलन छ । यसलाई “लग्प रब्छे” भन्दछन ।

– थुटी सुम्पु घाटमा लास जलाई सके पछी त्यहाँ रहन गएको अस्तुहरू र हाडका टुव्रmाहरू र खरानीहरू जम्मा गरि खोलामा बिसर्जन गर्ने विधिलाई थुटी सुम्पु भनिन्छ ।
– पुर्खाङ ग्यकु मुर्दा जलाएको व्यक्तिगत घाटहरूमा चैत्य बनाई मृतकको अस्तु, सामानहरू राख्ने परिपाटीलाई पुर्खाङ ग्यकु भनिन्छ ।

– छपर ग्यकु मृतकको अस्तु धातुलाई धुलो पारेर सफा र सुद्ध माटोमा मिसाई लेदो बनाई ससाना स्तुपा भएको ब्लकमा राखी निकालेको चैत्यलाई लामा बाट प्राणप्रतिष्ठा (रब्ने) गरि अग्लो, सफा र गुम्बाहरूको आसपासमा राखिने परम्परालाई छपर ग्यकु भनिन्छ ।

– क्येल्हा श्येङगु मृतकले जन्मलिने संसारको स्थापना गर्नलाई ज्योतिष शास्त्रको आधारमा मृतकको नाम बाट बिभीत्र मुर्ति वा थङका बनाई लामाबाट प्राण प्रतिषठा गराई राखेमा मृतकले सुगतिमा जन्म लिने बिश्वाश गरिन्छ । यस प्रकृयालाई क्येल्हा श्येङगु भनिन्छ ।

– घ्येवा (क्षङ्गा) मृत्यु भएको ४९ दिन भित्र आफ्नो गच्छे अनुसार लामाहरू बोलाई पाठपुजा गराई दान दक्षिणा अर्पण गर्ने र आफ्नो नातेदारहरू, छरछिमेकीहरू र ईष्टमित्रहरूलाई आमन्त्रण गरि खाना खुवाई प्रसादहरू बाँडेर मृतकको नाममा गरिने पुजा सम्पत्र गरिन्छ । यस अनुष्ठानलाई घ्येवा (क्षङ्गा) भनिन्छ ।

– लोम्ज्यु व्यक्ति देहबसान भएको दिनको बर्षदिनमा त्यसव्यक्तिको स्मरणमा गरिने बार्षीक पुजालाई लोम्ज्यु भनिन्छ ।
-हिमालयन शेर्पा संस्कृतिक केन्द्रको स्मारीका बाट

Comments

comments

SHARE