-नाम्सादिम संवाददात
चैत्र २९ काठमाडाैं । तमाङ समुदायले मनाउँदै आएको तेमाल जात्रा यस वर्ष पनि मनाउँने भएको छ । शुक्रबार बौद्धमा पत्रकार सम्मेलन गरेर बौद्धनाथ क्षेत्र विकास समितिले जानकारी दिएको हो । बौद्ध तेमाल जात्रालाई व्यवस्थापन गर्नका लागि समितिले ४५ वटा संघ–संस्थाहरुको बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति गठन गरीसकेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान तामाङले जानकारी दिनुभएको छ ।

तमाङ समुदायले आदिम कालदेखि मनाउँदै आएको यस जात्रालाई धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा महत्वपूर्ण मानिन्छ । यस जात्रालाई चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध खास्योर र भोली पल्ट अर्थत पूर्णिमाको दिन स्वयम्भूमा मनाउँने गरीन्छ । काभ्रेको तेमाल, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, मकवानपुर, नुवाकोट, धादिङ, ललितपुर लगायतको ठाउँहरुबाट सहभागी हुने समितिका कार्यकारी निर्देशक बसन्त लामा तामाङले बताउँनु भयो ।

पूर्णिको अघिल्लो दिन बौद्ध परिसरमा आफ्नो पितृहरुको नाममा छ्युमे नाङसाल बाल्ने, लामा गुरुहरुबाट ङोवा तथा पाठपूजा गर्ने र म्हाने घुमाउँने प्रचलन रहेको छ । यसरी चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन विहान बालाजु बाइसधारा स्नान गरी स्वयम्भूमा पुगेर दिवंगत चित्तको शान्तिका लागि पूजापाठ गर्दै विसर्जन गरीन्छ ।

किवंदन्ती अनुसार सत्युगमा विपश्पी बुद्ध काठमाडौं उपत्यकामा पाल्नु भई नागर्ज“न डाँडामा साधना गरी बस्नु भएको थियो । आफ्नो ऋिषी शक्तिले चैत्र पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको विज रोप्नु भएको थियो । सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको थियो । यसरी विपश्वी बुद्धले कमलको विज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ ।

यस जात्रालाई तेमालका शक्तिशाली राजा ह्रिन्जेन दोर्जे बल तामाङले राजकीय मान्यता पनि दिएको भन्ने किवंदन्तीहरुमा उल्लेख भएको पनि पाइन्छ । तेमालका जनतालाई राजा स्वयम्ले जात्रा मनाउन अनुरोध गरपछि जात्रा मनाउँन शुरु गरेको विभिन्न जनश्रुतिहरुमा पाइन्छ । बौद्ध स्तूपको जीर्णेद्धार कार्य सम्पन्न गरेको खुशीयालीमा महास्तूपमा पितृहरुको चित्तले शान्ति मिलोस भन्दै नाङसाल छ्युमे बाल्ने र म्हाने घुमाउँने, लामा गुरुहरुबाट विषेश पूजापाठ गरेर मनाउँने गरेको पनि जनश्रुतिमा उल्लेख गरेको पाइन्छ ।

यस वर्षको तेमाल जात्रा व्यवस्थित तरिकाले सम्पन्न गर्न स्वयमसेवाक देखि सबै तयारी पूरा गरी सकेको कार्यकारी निर्देशक बसन्त लामा तामाङले बताउँनु भएको छ । यस वर्ष तेमाल जात्रा बैशाखको ५ गते बौद्ध र ६ गते स्वयम्भूमा हुने छ । आयोजकले दर्शनार्थिहरुलाई निःशुल्क पिउने पानी, निःशुल्क सामन्य चेकअप र बौद्ध तामाङ कल्याण गुठीले दर्शनार्थिहरुलाई प्रसाद दिने व्यबस्था गर्ने गुठीका अध्यक्ष खड्ग जीत तामाङले बताउँनु भएको छ ।

प्रेस विज्ञप्ती यस प्रकार रहेकाे छ ।

Comments

comments

SHARE