रक्सी लाग्दै गएपछि इङ्गलिस बोल्थ्यो गाउँले !
प्युँदा-प्युँदै टाट पल्यो घरखेत खायो साउले !!!

बाउ बिग्य्रो जाँडरक्सीले कैल्यै होशमा हुन्न !!!!
लालाबाला भोकले रुन्छन् के गर्नु ती माउले !!

भट्टी पस्दा लागेका ऋण तिर्छु भन्थ्यो रक्स्याह !
तर कैल्यै साथ दिएन जुवाका ती दाउले !!!!!!!!

रक्सीमा’नि कली बस्या हुन्छ भन्छन् शास्त्र !
त्यै कलीले पिरेपछि साथ दिएन पाउले !!!!!!

कन्तबिजोग देखाएर गई त गयो जड्याह !!!!
झुण्डिएर मरिन् बुढी रक्सी ऋणको घाउले !!

-गोले केआर चालिसेली

Comments

comments

SHARE