चैत्र २४, न्युयोर्क / तामाङ साेसाइटि अफ नर्थ अमेरिकाले  १७ औं वार्षिकोत्सव सम्पन्न भव्यताका साथ सम्पन्न गरेकाे छ ।  शनिबार न्युयाेर्कमा साेसाइटिका संस्थापकहरू विभिन्न संघ संस्थाहरूकाे उपस्थितिमा वार्षिकाेत्सव मनाएकाे हाे ।

वार्षिकाेत्सवमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि महामहिम अमृत बहादुर राईले अमेरिकाको राष्ट्रगान गाएर उद्घाटन गरेका थिए ।  यस्तै कार्यक्रममा तामाङ सोसाइटीका संस्थापक अध्यक्ष सुवास लामा, वर्तमान अध्यक्ष लक्यान लामा, मान राना मगर, गोमा योन्जन गुरुङ, फुर्वा घिसिङ, राम तामाङ, केशबराम राई, लोक चेम्जोङ, आनन्द बिष्ट, पवन योन्जन लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

संस्थाले तामाङ जातिको भाषा, कला संस्कृतिको जगेर्ना गर्नका लागि स्थापना गरेकाे हुनाले संस्था भित्र राजनीति घुसाउन नहुने सोसाईटीका पूर्व का. वा.अध्यक्ष एवं वर्तमान सल्लाहकार फुर्वा घिसिङले बताउनु भएकाे थियाे ।

यसैगरी कार्यक्रममा तामाङ समुदायको निम्ति ५० हजार अमेरिकी डलरको‌ आकस्मिक कोष खडा गरिएको र सो कोषको लागि तामाङ सोसाईटी बाहेक अन्य समुदायहरुबाट पनि सहयोग प्राप्त भएको जानकारी गराउँदै सहयोगी हातहरूलाइ धन्यवाद दिनुभएकाे थियाे । कार्यक्रममा सहभागीहरुलाई दिपेन्द्र लामाले स्वागत गरेकाे थियो कार्यक्रम संचालन भने प्रेम स्याङतनले गर्नुभएको हाे ।

Comments

comments

SHARE