-नाम्सादिम संवाददाता
चैत्र २३, काठमाडाैं/ तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९ हुने भएको छ । राजधानीमा शनिबार पत्रकार सम्मेलन गरेर महोत्सव हुने जानकारी दिएको हो । तामाङ भाषा, धर्म, संस्कार संस्कृति र रितिरिवाजको विषयमा बनाएका तामाङ चलचित्रहरुलाई महोत्सवमा समावेश गर्ने आयोजकले जनाएको छ ।

तामाङ आवाज, सेलो फाउण्डेशन र एस.सि.आर.सी.को संयुक्त आयोजनामा महोत्सव गर्न लागेको पत्रकार सम्मेलनमा पत्रकारहरुलाई माहाेत्सव संयाेजक मिनकुमार माेक्तानले जानकारी दिनुभएकाे छ । महोत्सव २०७६ बैशाख २६ र २७ गते हुने जनाएको छ ।
महोत्सवमा चलचित्र समावेश गराउँनका लागि चैत्र २३ गतेदेखि २०७६ बैशाख २२ गतेसम्म छोटो चलचित्र, फिचर चलचित्र र वृत्तचित्रहरु बुझाउनु पर्ने महाेत्सव अध्यक्ष विगेन्द्र वाइबाले जानकारी दिनुभएकाे छ ।

महोत्सवमा बुझाउने चलचित्रहरुले संसार भरका जुनसुकै मुलुकमा बसोबास गर्ने तामाङ र गैर तामाङले आफ्नो चलचित्र पठाउन सक्ने ।, चलचित्र तामाङ समुदायको सांस्कृतिक, धार्मिक, सामाजिक, भाषिक, ऐतिहासिक,लगायतका विषय बस्तुमा आधारित हुनुपर्ने ।, प्रतिस्पर्धामा समावेश गर्ने चलचित्र कुनै पनि सार्वजनिक प्रदर्शन नगरेको हुनुपर्ने ।, फिचर लेन्थ तथा सर्ट लेन्थ चलचित्र तर्फ तामाङ भाषालाई मुख्य रुपमा प्रयोग गरिएको हुनुपर्ने ।, अनिवार्य रुपमा नेपाली वा अंग्रेजी सब–टाइटिल राख्नु पर्ने लगायतको नियमहरु रहेको महोत्सव निर्देशक जगत तामाङले जानकारी दिनुभएको छ ।

तस्वीर :पेमा मोक्तान

Comments

comments

SHARE