-नाम्सादिम संवाददाता
चैत्र २३, काठमाडाैं/ तामाङ कथानक चलचित्र “छार ग्यालाम” (नयाँ बाटाे) छिट्टै प्रदर्शन गर्ने भएकाे छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर चलचित्र प्रदर्शन गर्न लागेकाे जानकारी दिएकाे हाे । तामाङ चलचित्र राजधानीकाे जमलस्थित राष्ट्रिय नाचघरमा प्रदर्शन गर्ने निर्माता दीपा वाइबा तामाङले जनाइन् । नयाँ वर्षकाे अवसरमा छार ग्यालम ( नयाँ बाटाे) चलचित्र बैशाख १६ गते प्रदर्शन गर्न लागेकाे जनाएकाे छ ।

धन बहादुर तामाङ (सागर)ले निर्देशन गरेकाे उक्त चलचित्रमा नायक कुमार माेक्तान, राहुल माेक्तान, नायिका सुनिता लुङबा तामाङ र संगिता दाेङ तामाङकाे मुख्य पात्रकाे रूपमा देख्न सकिने जनाएकाे छ ।  सम्मेलनमा तामाङ चलचित्र संघका अध्यक्ष बिकु थाेकर, वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा, निर्देशक राेशन फ्युबा, निर्देशक तथा नायक अमिर दाेङ, नायिका चाँदनी माेक्तान लगायतले सहभागिता जनाएका थिए ।

काभ्रेपलाञ्चाेक जिल्ला, काडमाडौं र मकवानपुरको हेटौंडा, लगायतकाे ठमाउँहरूमा उक्त चलचित्र छायांङ्कन गरेका छन् । छार ग्यालम (नयाँ बाटाे) कलाकारहरुमा ध्रब तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइवा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठले अभिनय गरेका छन् ।

कोशीपारी फिल्म प्रा.लिको ब्यानरमा निर्माण गरेकाे चलचित्र सागर लामा गोलेले सामाजिक कथा बस्तु रहेकाे जनाएकाे छ ।उक्त चलचित्र बुद्ध स्याङवा, सुदिप न्यासुर, प्रयास दोङको संगीत दिएका छन् । चलचित्रमा दिपा वाइवा र पविना तामाङले संयुक्त रूपमा लगानीमा गरेका छन् ।

Comments

comments

SHARE