–नाम्सादिम संवाददाता
चैत्र २१, काठमाडौं । नयाँ वर्षको अवसरमा बौद्धको टुसालस्थित टाउन प्लानिङमा फुटबाल प्रतियोगिता हुने भएको छ । बैशाख एक गतेदेखि शुरु हुने चित्रकुमार स्मृति भेट्रान कप सेभेन ए साइड फुटबल प्रतियोगिता १४ गते फाइनल हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा ४० वर्षमाथि उमेर समूहको नकआउट विजेताले रु. एक लाख ५० हजार र उप–विजेताले ७५ हजार नगद पुरस्कार पाउँने छन् ।

खेलमा मोफसलका ४ टोलीसहित २० वटा टोलीले सहभागिता जनाउँने चित्रकुमार भेट्रानका अध्यक्ष सुरज लामाले जानकारी दिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

Comments

comments

SHARE