कविता

– केशर थुलुङ

सजिला–
कहाँ छन् र बाटाहरु
तिमीले भने जस्तो ?

झर्न खोज्यो ओरालो
कति हो कति तल…

चढ्न खोज्यो उकालो
कति हो कति माथि…

लम्किउँ यो तेर्साे
कति हो कति सिधा…

मोड्यो…
मोडहरु कैयौँ…

भन्नु पो छिटो
सुन्नु पो मीठो
भोग्नु कति गाह्रो
साँच्चै– दिलरुवा
दिल खोलेर भनेको छु

मन नदिनु– मलाई
भावनामा नबगाउनु– मलाई
समर्पण गर्न नखोज्नु– मलाई
म अलि कठोर हृदयको छु
साँच्चि होला दिलरुवा
माफ गर्नु है ! बुझ्दिनँ
यस्ता कुराहरु– म ।

-खोटाङ्, नेपाल

Comments

comments

SHARE