चैत्र १९, काठमाडाैं / नाम्सादिम । धरान महानगरपालिकामा अवस्थित ङयुङ्ने ल्हाखाङ गुम्बामा अनाथ बालबालिकाहरु बौद्ध शिक्षा र अङ्ग्रेजी भाषा अध्ययन गर्नका लागि साउदी अरबबाट ५५ हजार २६६ रूपैयाँ सहयाेग गरेकाे छ । २८५५ औं सोनाम ड्वा फा-ल्हो ल्होछार मुल आयोजक समिति रियाद साउदी अरब ले उक्त रकम सहयाेग गरेका हुन् ।

साथै म्हेन्दोमाया तथा सेलो गायक रोम लामा ब्लेन्देनले सहयाेगार्थ ब्याक्तिगत रूपमा रू  १० हजार रुपैयाँ सहयाेग गर्नुभएकाे चर्चित गायिका देशु गोलेले बताएका छन् । देशु गाेलेकाे पहलमा हाल सहयाेग रकम संकलन गरिरहेका छन् । रकम सहयाेग गर्नुभएकाेमा गाेलेले साउदी अरबका सम्पूर्ण सहयाेगी दाताहरूलाइ धन्यवाद दिएकी थिइन् ।

उक्त गुम्बामा हाल गुम्बा प्रशासनले जनाए अनुसार त्यहाँ १० देखि १५ काे हाराहारीमा अनाथ बालबालिकाहरू अध्ययन गरिरहेका छन् । गुम्बामा अध्ययन गरिरहेका बालबालिकाहरुको भविष्य अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउनु हाम्रो कर्तव्य र उत्तरदायित्व भएको जानकारी गराउँदै सम्पूर्ण आमाबुवा, दाज्युभाइ, दिदिबहिनी तथा धर्ममित्रहरूमा आफुले सकेको सहयोग गरिदिन गायिका तथा समाजसेवी देशु कुमारी तामाङले अपिल गरेकी छिन् ।

“ सेवा नै धर्म हो, सबै एकतावद्ध भई मित्रभावले शैक्षिक उद्धार गरौं ।” भन्दै उनले आफ्नो बैङ्क खाता पनि दिएकी छिन् । सहयोगी मन भएका आमाबुवा, दाज्युभाइ, दिदिबहिनी तथा धर्ममित्रहरू एचएसबीसी बैङ्क खाता नं – २२०९७६७२ मा आर्थिक सहयोग जम्मा गर्नसक्नु हुनेछ ।

साथै नेपालमा रहनुहुने सहयोगी हातहरूले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा रहेको पदम बहादुर तामाङ र देश कुमारी तामाङको खाता नं – १८-१६७८१८३-०१ मा आर्थिक सहयोग रकम जम्मा गरी असाहय बालबालिका प्रति सहानुभुति प्रकट गरिदिन नाम्सादिम डककमको समेत आग्रह छ ।

Comments

comments

SHARE