न्युयोर्क, चैत्र १६ । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले आपत्कालिन अवस्थामा सहयोग गर्नका लागि पचास लाख रूपैयाँ  संकलन गरेका छन् । सस्थाले एक व्यक्तिबाट पाँच सय डलर सहितको कोषका लागि रकम संकलन गरेका थिए । उक्त कोषमा तामाङ र गैर तामाङ १८ जना अन्य समुदाय र २ वटा संस्था समेत संस्थापक बनेका छन् ।

सस्थाका अध्यक्ष लक्यान लामाले शुक्रवार विज्ञप्ति जारी गर्दै आफ्नो ‘गोल’ पुरा भएको जनाएकाे छ । २००२ सालमा न्युयोर्कमा तामाङ सोसाईटी अफ अमेरिकाको नामबाट स्थापना भएको सस्था २०१८ देखि तामाङ सोसाईटी अफ नर्थ अमेरिका नाम परिवर्तन गरेकाे थियाे ।

सस्थाकाे कोष सन्चालनका लागि छुट्टै समिति गठन गर्दै हेल्प डेक्सको अवधारणा ल्याईएको बताएकाे छ । समितिमा अमेरिकाका विभिन्न राज्यबाट मनोनित सदस्य रहने बताएकाे छ । सोही समितिको सिफारिसमा कोष सन्चालन गरिने समेत उल्लेख गरेकाे छ ।

विज्ञप्तिमा उल्लेख गरे अनुसार मानविय सहयोग केबल जाती भित्रको सदस्यहरुको मात्र दायित्व र ज़िम्मेवारी हैन यो त एक मानवबाट अर्को मानवमा गर्ने पवित्र सहयोग हो भन्ने भावनाबाट फण्डको संस्थापक जो कोही उदार भावनाका धनि सबैलाई खुल्ला बनाईएको जनाएकाे छ ।’

सस्थाले अप्रिल ६ तारिक १७ औ स्थापना दिवस मनाउने र त्यसका लागि तामाङ सोसाईटी अफ न्युयोर्क संग आवश्यक छलफल गरी सम्पुर्ण तयारीका लागि उपाध्यक्ष माेहन वाईबालाई संयोजक बनाउने निर्णय निर्णय गरेको बताएकाे छ ।

Comments

comments

SHARE