-मानकाजी पाख्रीन
चैत्र १६, काठमाडाैं / तामाङ सेलाे गीत संगीतमा चर्चित गायक बिश्व दोङले २०७५ साल चैत्र २३ गते शनिबार राजधानीमा “डम्फू साँझ” सांस्कृतिक कार्यक्रम गर्ने भएकाे छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर चर्चित गायक तथा संगीतकार बिश्व दोङले उक्त कार्यक्रमको जानकारी दिएकाे थियाे । कार्यक्रममा तामाङहरुको मौलिक बाजा डम्फूलाई बिशेष आधार मानि यहीँ चैत्र २३ गते “डम्फू साँझ २०७५” भब्य रूपमा गर्न लागेकाे जानकारी दिएकाे थियाे ।

दाेङ करिब दुइ दशकदेखि सांगीतिक आबद्ध रहेका छन् । दाेङले तामाङ समुदायकाे पहिचान बाेकेकाे डम्फूकाे धेरै भन्दा धेरैलाई जानकारी गराउँने उदेश्यले कार्यक्रम गर्न लागेकाे बताएकाे छ । त्याे दिन तामाङ समुदायकाे माैलिक बाजा डम्फू टुङ्नाहरूलाई लाइभ बजाएर गीत गाउँने सम्मेलनमा जानकारी दिएकाे छ ।

साथै दाेङलाई साथ दिनका लागि गायिका जितु लोप्चन, प्रयास दोङ र प्रकाश दोङकाे पनि प्रस्तुति रहेकाे बताएकाे छ । उक्त कार्यक्रम जुजुबा लन्च एण्ड बारमा बेलुकी ७ बजेदेखि शुरू हुने जनाएकाे छ । साँझमा तामाङ चलचित्र क्षेत्रका नायक कुमार माेक्तान, नेपाली चलिचत्रका नायिका रेखा थापालाई पनि अतिथि कलाकारकाे रूपमा ल्याउने जानकारी दिएकाे छ ।

दाेङले तामाङ समुदायकाे माैलिक बाजाहरूकाे प्रदर्शन गर्दै बिना ट्याक नै गीत गाउँने बताएकाे छ । उक्त कार्यक्रममा सबैले साथ सहयाेग गर्न समेत दाेङले अनुराेध गरेका छन् ।

Comments

comments

SHARE