–नाम्सादिम संवाददाता
गायिका श्रृजना स्याङतान तामाङको ‘‘कान्छो’’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । जिग्मे मिडियाको युट्युब च्यानल मार्फत तामाङको नेपाली गीतको भिडियो सार्वजनिक गरेको हो ।

तामाङले यस अघि पनि तामाङ र तामाङ सेलो गीतहरुको म्युजिक भिडियो बनाई सकेका छन् । यो नेपाली गीतको भिडियोमा अभिनय भने तामाङ फिल्मका नायक कुमार मोक्तान र पुर्णिमा लामा थोकरले गरेका छन् । नायक मोक्तानले तामाङ चलचित्र र म्युजिक भिडियोहरुमा काम अभिनय गर्दै आइरहेका छन् ।

गीतमा शब्द, संगीत, एरेन्ज र मिक्सिङ भने, लामो समयदेखि गीत संगीत क्षेत्रमा काम गरीरहेका दिपेश प्रधानले गरेका छन् । भिडियोको सम्पादन तथा निर्देशन सुर्य लामाले गरेको हो । लामाले तामाङ र तामाङ सेलो गीतहरुमा छायांकन, सम्पादन तथा निर्देशन गरीसकेका छन् ।

Comments

comments

SHARE