-नाम्सादिम संवाददाता
चैत्र १३, काठमाडाैं/ तामाङ कथानक चलचित्र “छार ग्यालाम” (नयाँ बाटाे) छिट्टै प्रदर्शन गर्ने भएकाे छ । काभ्रेपलाञ्चाेक जिल्ला, काडमाडौं र मकवानपुरको हेटौंडामा उक्त चलचित्र छायांङ्कन गरेका छन् । डविङ र सम्पादन पक्ष सकिन साथ चलचित्र प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएकाे छ ।

छार ग्यालम (नयाँ बाटाे) मा अभिनय तामाङ चलचित्रका नायक कुमार मोक्तान, राहुल मोक्तान र नायिका सुनिता लुङ्बा र संगिता दोङको मुख्य अभिनय रहेको बताएकाे छ । अन्य कलाकारहरुमा ध्रब तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइवा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठले अभिनय गरेका छन् ।

कोशीपारी फिल्म प्रा.लिको ब्यानरमा निर्माण गरेकाे चलचित्र सागर लामा गोलेले सामाजिक कथा बस्तु रहेकाे जनाएकाे छ ।उक्त चलचित्र धन बहादुर तामाङ (सागर)ले निर्देशन गरेकाे छ, भने बुद्ध स्याङवा, सुदिप न्यासुर, प्रयास दोङको संगीत दिएका छन् । उक्त तामाङ कथानक चलचित्र दिपा वाइवा र पविना तामाङले संयुक्त रूपमा लगानीमा गरेका छन् ।

अब चलचित्रलाइ छिट्टै प्रदर्शन गर्ने तयारी भइरहेकाे निर्मात्री दिपा वाइबाले बताइन् ।

Comments

comments

SHARE