-नाम्सादिम संवाददाता

चैत्र १२, काठमाडौं/ राष्ट्रगानका रचनाकार एवम् साहित्यकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ लाई दर्शना स्कूल गोठाटारले २५ हजार ५५५ नगद राशी सहित ‘दर्शना स्रष्टा सम्मान-२०७५’ प्रदान गर्ने घोषणा गरेका छन् ।

व्याकुल माइलाले लेख्नुभएको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ ले हिमाल, तराई र पहाडका सबै नेपालीहरूलाई एकैठाउँमा गोलवद्धगरी राष्ट्रगानको माद्यमबाट नेपाल राष्ट्रलाई एकढिक्का बनाउन विशेष योगदान पुर्याएकाे  भन्दै व्याकुल माइलालाई सम्मान गर्न लागेकाे प्राध्यापक विनोद मगरले जनाएकाे छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटारस्थित दर्शना स्कुलको नयाँ व्यवस्थापन समितिले व्याकुल माइलालाई सो सम्मान प्रदान गर्ने घोषणा गरेको हाे । विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसयरमा यही चैत २४ गते व्याकुल माइलालाई सम्मान पत्र प्रदान गर्ने छ ।

Comments

comments

SHARE