–नाम्सादिम संवाददाता
चैत्र ११, बौद्ध / काठमाडौंमा क्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीहरु एवं स्तुपा सहकारी संस्थाका नव निर्वाचित अध्यक्ष डा. गणेश योञ्जन तामाङलाई बधाई तथा शुभकामना दिएका छन् । तामाङ कल्याण गुठीले कार्यक्रम आयोजना गरेर उक्त शुभकामना तथा बधाई दिएका थिए ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद कृष्ण राई, सांसद छिरिङ दोर्जे तामाङ, वडा नं. ६ का अध्यक्ष दिपेन्द्र लामा, कल्याण गुठीका सल्लाहकार टासी कुमार लामा, सुर्य बज्र लामा, समाजसेवी तथा कल्याण गुठीका सल्लाहकार नेपाल जित तामाङ, समाजसेवी गजेन्द्र लामा तामाङ, गुठीका अध्यक्ष खड्गजित तामाङ, क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण कुमार तामाङ लगायतले शुभकामना तथा बधाई दिएका थिए ।

कार्यक्रममा बौद्ध स्तुपाको संरक्षणका साथै नयाँ कार्य योजना सहित काम गर्न सक्नुपर्ने समाजसेवी गजेन्द्र लामाले बताए । यस्तै सम्पूर्ण कुमार तामाङले समितिमा बसेर काम गर्न चुनौती र अबसर पनि भएको बताए । तामाङले सानो तिनो काम मात्र नभएर बौद्ध क्षेत्र विकास समितिले धेरै काम गर्न सकिने भएकोले राम्रोसंग कार्य योजना बनाएर अगाडि बढ्न शुभकामना दिएका थिए । स्तुपा सहकारीका नव निर्वाचित अध्यक्ष एवं जापानका लागि नेपाली पूर्व राजदूत गणेश योञ्जनले संस्थाले सबैजनालाई मिल्ने खालको सेवा दिनका लागि नयाँ-नयाँ योजनाका साथ संस्थालाई अगाडि बढाउने बताए । यसैगरी क्षेत्र विकास समितिका नव निर्वाचित अध्यक्ष चन्द्रमान तामाङले समितिमा बसेर काम गर्न धेरै कठिनाई रहेको बताए । साथै आफ्नो कार्य कालमा आफूले सकेसम्म राम्रो कामहरु गर्ने बताएका थिए । सोमबार बौद्ध कल्याण गुठीको हलमा भएको कार्यक्रम सञ्चालन भने गुठीका सचिव भूवन लामाले गरेका थिए ।

Comments

comments

SHARE