-नाम्सादिम संवाददाता

दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा न. ४ निवासी ३६ वर्षिय अशोक लामा तामाङ दुबै मृगौलाले काम गर्न छाडेपछि जीवन र मरणको दोसाँधमा भौतारि रहेका छन् । उनी ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजको साधारण सदस्य समेत हुन् । हाल उनकाे उपचारका लागि आर्थिक सहयोग जुटाउन “तराना कला केन्द्र” र “ह्याङला दोलखा काठमाडौं तामाङ समाज”ले संयुक्त रूपमा अभियान सञ्चालन गर्ने जनाएकाे छ । तामाङकाे सहयोगार्थ चैत ३० गते शनिवार काठमाडौंको जोरपाटीमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बैदेशिक रोजगारको शिलशिलामा दुबईमा रहेकै समयमा उनकाे दुवै मिर्गौलाले काम गर्न छाडेकाे थियाे । तामाङकाे अहिले काठमाडौं स्थित राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा हप्ताको २ पटक डायलाइसिस गराईरहेका छन् । विदेशबाट कमाएर ल्याएको पैसा र पुर्ख्यौली सम्पत्ति समेत उपचारकाे क्रममा सकिसकेको छ । तामाङसंग उपचार गर्न अार्थिक नभएपछि “तराना कला केन्द्र” र “ह्याङला दोलखा काठमाडौं तामाङ समाजको सहकार्यमा” सहयोग अभियान सञ्चालन गर्न लागेको हो ।

केन्द्रका सञ्चालिका तथा गायिका बसन्ती लामा र समाजको अध्यक्ष सरोज मोहन लामाले देश तथा विदेशमा रहेका नेपालीहरुलाई पनि यो अभियानमा हातेमालो गर्नका लागि आग्रह गरेका छन् । मृर्गौला पीडित अशोक लामालाई सहयोग गर्न चाहनुहुने महानुभावहरुको लागि विरामी कै नाममा सेन्चुरी बैंकमा रहेको खाता नं. ०१८०००६८५५R मा सहयोग वा मोबाईल नं. ९८६०५८९४११/ ९८०३८९१८१९ सम्पर्क गर्न सक्ने बताएकाे छ ।

Comments

comments

SHARE