-नाम्सादिम संवाददाता

चैत्र २, काठमाडाैं/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) प्रदेश नं. ३ को अध्यक्षमा पेमा लामा (संघर्ष) सर्वसम्मत  निर्वाचित भएका छन् । चैत्र १ र २ गते भएकाे फाेनिजकाे प्रथम महाधिवेशनले काभ्रेबाट प्रकाशन हुने जनप्रतितिराेध साप्ताहिकका सम्पादक लामालाइ अध्यक्षमा निर्वाचित गरेकाे हाे ।

लामा एक दशक भन्दा बढि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् । हाल लामा प्रेस सेन्टर नेपालका प्रदेश ३ संगठन समितिका सह–सचिव, नेपाल तामाङ पत्रकार संघका केन्द्रिय सचिवरहेका छन् । साथै लामा राष्ट्रिय समाचार समिति काभ्रे प्रतिनिधि समेत हुन् ।

प्रथम महाधिवेशनले उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपध्यक्षमा अञ्जु डिम्दोङ, महा-सचिवमा सुरज कुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याङबा, संस्थागत सचिवमा श्याम रानामगर, कोषाध्यक्षमा पूर्णभक्त दुवाललाई सर्वसम्मत निर्वाचित गरेका थिए ।

खुल्ला सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी, महिला सदस्यहरुमा लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जना पुलामी, संस्थागत सदस्यहरुमा डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बु, नविन रानामगर, राजेश बज्राचार्य, अल्पसंख्यक सदस्य पुष्पा राई हायू, अनुशासन संयोजक दिलबहादुर लामा, सदस्यहरु राजकुमार शाक्य, रिदेन महर्जन लगायत रहेका छन् । कार्यक्रमकाे उद्घाटन पूर्व मन्त्री तथा सांसद हित बहादुर तामाङले गरेका थिए ।

Comments

comments

SHARE