-नाम्सादिम संवाददाता
तामाङ समुदायमा प्रचलित तामाङ सेलाे दाेहाेरी गीत म्हाबर ल्हा काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । महाभारत बन्खु लामाटोल स्थित थिङ परिवारको प्रस्तुतिमा “म्हाबर ल्हा” नामक तामाङ गीतको म्युजिक भिडियो मंगलबार जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकाे हाे ।

गरीबि र बेरोजगारीकाे बाध्यताले बिदेशिनु पर्दाको पिडा, घर देश र पर्देशिको वास्तविक कथा यस गीतमा उल्लेख गरेकाे पाइन्छ । गीतकाे भिडियोलाई महाभारत गाउँपालिका बन्खु वरिपरि छायाङ्कन गरेका थिए । गीतको शब्द रचना स्वयम् गायकले र जीवन वाइबाले गरेको हो । स्वर रिजन थिङ तामाङ र गायिका निर्मला घिसिङले भरेका छन् ।

उक्त भिडियोको छायाङ्कन तथा निर्देशन युग लामाले गरेको हो भने सम्पादन सुर्य लामाले गरेका हुन्। अभिनय युग लामा र लक्ष्मी स्याङ्तान रहेका छन् । गीत सरगम स्टुडियोमा रेकर्ड गरेका थिए । संगीत संयोजन भने जोगलाल लामाले गरेका हुन् । टिपिकल तामाङ सेलाे दाेहाेरी गीत भएकाे हुनाले सबै दशर्क श्राेताहरूले मन पराउँछन् भन्ने विश्वास लिएकाे निर्देशक युग लामाले बताए । लामाले गीत सुनेर सल्लाह र सुझाव दिनलाइ अनुराेध समेत गरेका छन् ।

Comments

comments

SHARE