नाम्सादिम संवाददाता
फाल्गुन २६, काठमाडाैं/ मोडल तथा म्युजिक भिडियो निर्देशक खेम मोक्तानकाे ‘के सारो जाडो’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । माेक्तानकाे याे पहिलाे गीत हाे । भिडियाेलाई शुक्रबार लप्साङ कर्बाे म्युजिक सेन्टरबाट सार्वजनिक गरेकाे छ । मोक्तान यस अघि गीतको म्युजिक भिडियोमा मोडल र निर्देशन गर्दै आएका थिए ।

उक्त गीतको भिडियोमा मोडल/निर्देशन समेत मोक्तान आफैले गरेका छन् । भिडियो दोलखा जिल्लाको खरिढुङ्गगा, बोच  मकैबारी, कालिन्चोकको कुरी लगायतका ठाउँहरूमा छायांकन गरेका थिए । गीत संगीत क्षेत्रमा स्वर, मोडल र नृत्य निर्देशनको विधामा अघि बढिरहने मोक्तानले नाम्सादिमलाई जानकारी दिएको छ ।

मोक्तानले पहिलो पटक स्वर दिएको तामाङ सेलो गीतको भिडियोमा सुष्मा मोक्तानले मोडलिङ गरेकी छिन् । गीतको शब्द संगीत मोक्तानको हो भने, संगीत संजीव वाईबाले हालेका थिए । ड्रोन याङसिङ लामा र भिडियो छायांकन रोशन फ्युबाले गरेका थिए ।

भिडियाे यस प्रकार रहेकाे छ । 

Comments

comments

SHARE