-नाम्सादिम संवाददाता
रोशन फ्युबाद्धारा निर्देशित तामाङ कथानक चलचित्र ‘श्होङ’ (नासो) काठमाडौंको अष्टनारायण हलमा विशेष प्रदर्शन गरेको छ । फ्युबाको यो पाँचौं निर्देशन हो । यस चलचित्रमा तामाङ समुदायमा रहेको न्याय प्रणालीलाई प्रस्तुत गर्न खोजेको छ । तामाङ समुदायमा अविवाहित तामाङ चेलीले परपुरुषसंग अनैतिक सम्बन्ध राखी त्यसबाट गर्भ रहन गएमा कस्को नासो हो त्यही केटालाई जिम्मा लगाएर केटा र केटी दुबैलाई डाँडा कटाएर पठाउँने चलनलाई दृष्यमा उतारेका छन् ।

तामाङ चलचित्रको कथा तथा पटकथा सिंग बहादुर तामाङले गरेको छ । यसैगरी यस चलचित्रमा प्रेम तामाङ र अनमोल तामाङले लगानी गरेका छन् । उक्त चलचित्रमा एन्जिला वाईबा, मर्नेन तामाङ कान्छा लामा, रुपा एस घले, सिंग बहादुर तामाङ, गोम्बो घले लगायत रहेका छन् । छायांकन भने नुवाकोट, धादिङ, किस्पाङ लगायतका ठाउँहरुमा गरेका छन् ।

पछिल्लो समय राज्य व्यबस्थाले गर्दा तामाङ समुदायको सदियौंदेखी चल्दै आएको चलनहरु लोप हुँदै गएकोले यसको संरक्षण गरी राख्न खोजेको निर्देशक फ्युबाले बताउनु भएको छ । सोमबार प्रदर्शन गरेको चलचित्रमा तामाङ समुदायले यावेङ खोलाको पानी किन खाँदैनन् भन्ने विषयलाई पनि थोरै समेट्न खोजेका छन् ।

निर्देशकले अहिलेसम्म पश्चिमेली भेगमा रहेको तामाङ संस्कार संस्कृति चल चलनलाई हरेक चलचित्रमा उतारेको दावी गरेका छन् । अब तामाङ समुदायको अन्तिम अनि शक्तिशाली तामाङ राज ह्रिञ्जेन दोर्जे बल तामाङको विषयमा पनि तामाङ चलचित्रकर्मीहरुले फिल्म बनाउन जरुरी भएको फ्युबाले बताउनु भयो ।

उक्त चलचित्र हेर्न तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष विकु थोकर, नायक तथा निर्देशक राज किङ वाइबा, अमिर दोङ, नायिका सुष्मा मोक्तान तामाङ, प्रङना तामाङ चलचित्रको निर्माता छिमी मम्बा, विगेन्द्र वाइबा लगायत उपस्थित भएका थिए ।

Comments

comments

SHARE