-नाम्सादिम संवाददाता
फाल्गुन, १९ काठमाडौं /सन् २००६ देखि शुरु गरेको मिस तामाङ यस वर्षको १२ औं संस्करण पनि सम्पन्न गरेको छ । यस वर्षको मिस तामाङ सुर्य विनायक निवासी सरिता तामाङ भएकी छिन् । काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा शनिबार सम्पन्न गरेको कार्यक्रममा फस्ट रनरअप सबिता दोङ तामाङ, सेकेन्ड रनरअप अप्सरा तामाङ, थर्ड रनरअप कबिता योञ्जन तामाङ र फोर्थमा लक्किसा तामाङ भएका छन् ।

एभरेष्ट फेशन होम र नेपाल तामाङ कला साँस्कृति केन्द्रको संयुक्त आयोजनामा यस वर्षको कार्यक्रम सम्पन्न गरेको हो । यस वर्षको मिस तामाङलाई एक लाख नगद सहित सिल्बर क्राउन, गिप्ट हेम्पर, फस्टलाई ५० हजार नगद सहित सिल्बर क्राउन, गिप्ट हेम्पर, सेकेन्डलाई २५ हजार रहेको आयोजकले जनाएको छ ।२०१९ को मिस तामाङमा २३ सुन्दरीहरुले भाग लिएका थिए । कार्यक्रममा पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा भएको हो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता गणेश लामा, सिवी लामा लगायतले उपस्थिति जनाएका थिए ।

मिस तामाङको ताज पहिरिने क्रममा मञ्चको दाहिने साइडमा करिव एक दर्जन मिस तामाङमा भाग लिने प्रतिस्पर्धीहरुले विरोध जनाएका थिए । प्रतिस्पर्धी तामाङहरुले आयोजकले घुस लिएर मिस तामाङ बनाएको भन्दै कार्यक्रम स्थलमा नै नारा लगाएर विरोध गरेका हुन् ।

नाम्सादिमले कार्यक्रम संयोजक रन्जिता ब्लोन तामाङसंग प्रतिस्पर्धीहरुले लगाएको आरोप सही हो भन्ने प्रश्नमा तामाङले आफूले कोहीबाट घुस नलिएको बताइन् । उनले थपिन्,‘खेलमा हार जित हुन्छ नै तर, हा¥यो भन्दैमा आयोजकलाई विभिन्न आरोप लगाउन मिल्दैन ।’ प्रतिस्पर्धीहरुसंग प्रतिस्पर्धा गर्न सक्नुपर्छ ।

रन्जिता ब्लाेन तामाङ ।

ताज पहिरिने क्रममा आयोजकलाई विभिन्न आरोप लगाएर केही हुँदैन, किन की हामीले घुस लिएर मिस तामाङ छनोट गरेको होइन । साथै तामाङले मिस तामाङलाई तामाङ समुदायमा काम गराउनका लागि आफूसंग विभिन्न योजनाहरु रहेको बताइन् ।

Comments

comments

SHARE