-प्रकाश थिङ
फागुन १९, ललितपुर/ तामाङ समुदायको महान चाड अर्थात नयाँ वर्ष २८५५ अाैं ड्वा( बंदेल ) वर्षको अवसमा बाग्मती गाउँपालिका वडा नम्बर ४ को अार्थिक सहयोगमा प्युटारमा ल्हाेछार कार्यक्रम सम्पन्न गरेकाे छ । ल्हाेछारकाे अबसरमा  सांस्कृतिक कार्यक्रम तथा शुभकामना अादन प्रदान कार्यक्रम शनिबार श्री कालिदेवि मा वि प्राङगनमा मनाएकाे हाे ।

कार्यक्रममा बाग्मती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चानको प्रमुख अतित्यमा सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रममा विषेश अतित्य वडा अध्यक्ष नारायण बहादुर घले अथितिहरु वडा सदस्य रामकुमार थिङ, तामाङ डाजाङका केन्द्रीय सचिव प्रकाश थिङ, नेपपा एेमाले जिल्ला सदस्य दुर्गाप्रसाद घिमिरे, संघिय समाजबादी फोरोका केन्द्रीय सदस्य उतम कुमार थिङ, नेपाली काङ्ग्रेस पुर्व क्षेत्रीय सदस्य इन्द्र बहादुर ग्लान, नेपाली काङ्ग्रेस जिल्ला सदस्य सेरबहादुर वि .क, कालिदेवि मा वि का प्र. अ. ठाकुर थिङ, स्कुल व्यवस्थापन समितिका अध्यक्ष सुमन थिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वीर बहादुर लोप्चानले बाग्मती गाउँपालिकाले गत माघमा पर्यटनको लागि गन्तव्य स्थल राउटारमा पालिका स्थरीय ल्होछार कार्यक्रम अायोजना गरेको थियो यो कार्यक्रम अब हामीले सातै वडामा पालै पालो गरेर सवै वडामा गर्नुपर्छ । साथै जनजाति को लागि लोकसेवा तयारी को लागि छिटै व्यवस्था समग्र पालिका को सवै समुदायको हितको लागि काम गर्ने बाचा समेत गर्नु भएको थियो। सबै समुदायको चाडलाइ सम्मान गर्नु पर्छ।

उक्त कार्यक्रममा वडा अध्यक्ष नारायण बहादुर घलेले वडामा रहेको जनजाति मात्र बजेट छुटाएको हैन वडा सबै समुदायको विकासको लागि सबैलाई सम्मान तरिकाले अगाडि बढेको छ। बरु क्षेत्री बहुनले पनि अाफ्नो कला संस्कृतिक झल्काउने खालकाे कार्यक्रम ल्याएर अाए बजेट छुट्याउने बताए । कार्यक्रममा दृष्टि विहिन गायक विराज राई गीत संगित माध्यम बाट मनोरञ्जन दिएका थिए । कार्यक्रम वृहत् ल्होछार मुल समारोह समितिको अध्यक्ष चन्द्र बहादुर ग्लानकाे सभापतिमा सम्पन्न भएको थियो।

Comments

comments

SHARE