-मान काजी पाख्रीन तामाङ

फाल्गुन ११, बौद्ध /मोनिका मोक्तानको तामाङ सेलो गीतको म्युजिक भिडियो `बैसालु जोबन´ सार्वजनिक गरेको छ । भिडियोलाई डम्फु मिडिया प्रालिबाट शुक्रबार सार्वजनिक गरेको हो । मोक्तानको यो तेस्रो एल्बमको गीत हो ।
भिडियो निर्देशन तथा मोडल अमिर दोङले गरेका छन । उक्त भिडियो दोलखाको मनोरम स्थल कालिन्चोक र खरिढुङगामा छायांकन गरेको हो ।

दोलखाको चोथाङमा जन्मिएकी मोक्तानले यस अघि चौंरी चर्ने र म्लाङगाई ग्राम्बा वाला ताजिम बोलको गीतबाट गाएकी थिइन । उनले गीत संगीत क्षेत्रलाई निरन्तरता दिने उदेश्यले बैंसालु जोवन बजारमा ल्याएकी बताइन ।

मोनिका मोक्तानको स्वर रहेको यस गीतमा शब्द हस्त लामा (हार्दिक), विशाल काल्तानको संगित, दिपेश प्रधान एरेन्जर गरेका छन् । उक्त गीतको भिडियोमा मोनिका मोक्तान, निरन्जली लामा र अमीर दोङले अभिनय गरेका छन् ।
भिडियोमा ड्रोनमा सेन्सई पेमा वाईबा, छायांकन प्रकाश वाइबाले गरेका हुन् ।

तामाङ कलाकार संघका अध्यक्ष सन्जिब वाइबा, महासचिव विश्व दोङ, संजिब वाइबा, बिशाल कल्तान लगायतको उपस्थितीमा उक्त गीतको म्युजिक भिडियो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।https://youtu.be/8wMqVjn4NMg

Comments

comments

SHARE