-नाम्सादिम संवाददाता

फाल्गुन 10, काठमाडौं /तामाङ कथानक चलचित्र ङ्हो बैशाख ७ गते राष्ट्रिय सभागृहमा च्यारिटि शो गर्ने भएको छ । शुक्रबार राजधानीमा यसबारे पत्रकार सम्मेलन गरेर पत्रकारहरुलाई जानकारी दिएका थिए ।

उक्त चलचित्रमा तामाङ समुदायको स्वाँगेभाईको बिषयमा आधारित रहेको प्रेस बिज्ञाप्तिम उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा तामाङ समुदायको पहिले चलचित्र निर्देशक जयनन्द लामाले तामाङ गीत संगीतमा तामाङ पन ल्याउन नसकेको दावी गरेका थिए । लामाले तामाङ चलचित्र लगायत पछिल्लो पटक बजारमा आएका गीतहरुमा यस्तो गीतहरुमा सुधार्नु पर्ने बताए ।

सम्मेलनमा तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर, कलाकार संंङका अध्यक्ष संंजीव वाइबा, चलचित्र निर्देशक रोशन फ्युबा, सुर्य लामा,नायिका चाँदनी मोक्तान लगायतले उपस्थिती जनाएका थिए ।

चलचित्रको छायांकन उत्तरी धादिङ रुबीभ्याली भेग गंगाजमुना गाउँपालिका,लताव, धुसेनी, काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको गुफाडाँडा लगायतका ठाउँहरुमा गरेका छन् ।

चलचित्रको निर्देशन,कथा र नृत्य भुवन स्याङ्बो तामाङले गरेका छन् । कलाकारहरु आरम्भ तामाङ,किसमान तामाङ, निर्माला तामाङ, एलेक्स घले, छिमी माम्बा लागायत रहेका छन ।

फापरे फिल्मस प्रालिको ब्यानरमा निर्माण गरेको चलचित्रामा सुनिमाया तामाङले लगानी गरेकी हुन् ।
यसैगरी चलचित्रको छायांकन राहुल राई र सुर्य लामाले गरेको छ ।

Comments

comments

SHARE