1. –नाम्सादिम संवाददाता
    फाल्गुन ९, काठमाडाैं/ मोडल तथा म्युजिक भिडियो निर्देशक खेम मोक्तानले गायन क्षेत्रमा पनि हात हालेका छन् । यस अघि मोक्तानले गीतको म्युजिक भिडियोमा मोडल र नृत्य निर्देशन गर्दै आएका थिए ।

उनले हालसालै ‘के सारो जाडो’ बोलको गीतमा स्वार दिएका छन् । उक्त गीतको भिडियोमा मोडल र नृत्य निर्देशन समेत मोक्तान आफैले गरेका छन् । भिडियो दोलखा जिल्लाको खरिढुङ्गगा, बोच  मकैबारी, कालिन्चोकको कुरी लगायतका ठाउँहरूमा छायांकन गरेका थिए ।

मोक्तानको तामाङ सेलो गीत तीन दिन लगाएर छायांकन गरेकाे हाे । कालिन्चोकको कुरीमा भिडियो छायांकन गर्नका लागि मौषम राम्रो नभएको कारण धेरै गाह्रो भएको निर्देशक मोक्तानले नाम्सादिमलाई जानकारी दिएकाे छ । कालिन्चोक जाने दिनमा भारि हिउँ परेपछि उक्त गीतको भिडियो शुटिङ गर्न असहज भएको हो । मौषमले साथ नदिए पनि गीतको शब्दले खोजेनुसारको दृश्य उतार्न सफल भएको निर्देशकको भनाई छ । अबको दिनहरुमा गीत संगीत क्षेत्रमा स्वर, मोडल र नृत्य निर्देशनको विधामा अघि बढिरहने मोक्तानले नाम्सादिमलाई जानकारी दिएको छ ।

मोक्तानले पहिलो पटक स्वर दिएको तामाङ सेलो गीतको भिडियोमा सुष्मा मोक्तानले मोडलिङ गरेकी छिन् । गीतको शब्द संगीत मोक्तानको हो भने, संगीत संजीव वाईबाले हालेका थिए । ड्रोन याङसिङ लामा र भिडियो छायांकन रोशन फ्युबाले गरेका थिए । मोक्तानको यो पहिलो गीत हो ।

Comments

comments

SHARE