–नाम्सादिम संवाददाता
फाल्गुन ५ काठमाडौं /न्युजिल्यान्डबाट संकलन गरेरे निङ्बर घिसिङले दोलखा र रामेछापको संगमस्थल शैलुङडाँडामा निर्माणाधीन झ्याङछ्युब छ्योर्तेनका लागि ३,९३,२५३ रुपैयाँ रकम सहयोग हस्तान्तरण गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका निवासी घिसिङले आफ्नो तर्फबाट रु १,००,१०१ रुपैयाँ सहयोग गरेका थिए ।

घिसिङले शैलुङ रिगसुम गोन्पो सेवा समाजले बौद्ध परिसरमा आयोजना गरेको सुङ संकलन तथा विश्व शान्ति पूजा कार्यक्रममा रकम हस्तान्तरण गरेको हो । पूजा कार्यक्रममा धर्मगुरु श्रद्धये टुल्कु लोसाङ नम्ग्याल रिन्पोक्षेको उपस्थितिमा उक्त रकम समाजका कोषाध्यक्ष डम्बर बहादुर मोक्तान (डि.बि), महासचिव कुमार थोकरलाई हस्तान्तरण गरेका थिए ।

समाजको आयोजनामा फाल्गुनको ४ शनिबारदेखी सुङ संकलन तथा विश्व शान्ति पूजा भईरहेको छ । सोमबार अन्तिम दिन जिन्सेक पूजा रहेको आयोजकले जानकारी दिएको छ । हाल बौद्धमा ङाक्पा गुरु प्रमुख लामाको रुपमा पेमा ह्रङडोलको संयोजकत्वमा पूजा गरीरहेको छ । शैलुङमा ५३ फिट अग्लो निर्माणाधीन छ्योर्तेन बन्ने अन्तिम तयारीमा रहेको आयोजकले जानकारी दिएको छ ।

धर्मगुरु श्रद्धये टुल्कु लोसाङ नम्ग्याल रिन्पोक्षे ज्युको सदिक्षा र संरक्षणमा निर्माण भईरहेको उक्त छ्योर्तेन बाधिचैत्य बुम्बासम्मको भाग सम्पन्न भईसकेको जनाएको छ ।

Comments

comments

SHARE