-नाम्सादिम संवाददाता
माघ ४, काठमाडौं/ बाैद्ध परिसरमा सुङ संकलन एवं विश्व शान्ति पूजा शनिबारदेखी शुरू भएकाे छ । कार्यक्रम श्रदेय धर्मगुरू टुल्कु लाेब्साङ नम्ग्याल रिन्पाेक्षेद्धारा उद्घाटन गरेकाे हाे । पूजा शनिबारदेखि ६ गते साेबारसम्म तीनदिन अायाेजना हुने जनाएकाे छ ।

दोलखा र रामेछापको संगमस्थल ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल शैलुङ डाँडामा झ्याङ्छ्युब छ्योर्तेन (बोधिचैत्य) निर्माण हुँदैछ । उक्त निर्माणाधीन ५३ फिटको बाेधिचैत्यमा राख्नकाे लागि बाैद्धमा सुङ संकलन तथा विश्व शान्ति पूजा गर्न लागेकाे हाे ।छ्याेर्तेन श्रद्धेय धर्मगुरू टुल्कु लोब्साङ नाम्ग्याल रिन्पोक्षे ज्युको सदिक्षा र संरक्षणमा शैलुङ रिगसुम गोन्पो सेवा समाजद्वारा निर्माण गरेकाे हाे । हाल उक्त बाेधिचैत्य बुम्बा सम्मको भाग निर्माणकार्य सम्पन्न भैइसकेको  समाजका महासचिव कुमार थाेकारले नाम्सादिमलाइ जानकारी दिनुभएकाे छ ।

शैलुङको मौसमलाई मध्यनजर राख्दै यथाशीघ्र सुङ राख्ने कार्यसंगै छ्योठुल धुइछेन (ऋद्धि प्रतिहार्य दिवस )को पावन अवसरमा सुङ संकलन एवं विश्व शान्ति र समस्त जगत प्राणीहरुको हितको निमित्त छ्योग्ले रिन्छेन ठ्रेङ्वा च्योई छ्योक तथा जिन्सेक पूजा कार्यक्रम आयोजना गरेकाे थाेकारले जानकारी दिनुभएकाे छ ।

Comments

comments

SHARE