-नाम्सादिम संवाददाता
माघ २७,काठमाडौं/ दोलखा र रामेछापको संगमस्थल ऐतिहासिक पवित्र धार्मिक,सांस्कृतिक तथा पर्यटकीय स्थल शैलुङ डाँडामा झ्याङ्छ्युब छ्योर्तेन(बोधिचैत्य) बन्दैछ । निर्माणाधीन उक्त ५३ फिटको बाेधिचैत्य श्रद्धेय टुल्कु परमपुज्यनीय लोसाङ नाम्ग्याल रिन्पोक्षे ज्युको सदिक्षा र संरक्षणमा शैलुङ रिगसुम गोन्पो सेवा समाजद्वारा निर्माण गरेकाे हाे ।

हाल उक्त बाेधिचैत्य बुम्बा सम्मको भाग निर्माणकार्य सम्पन्न भैइसकेको  समाजका महासचिव कुमार थाेकारले नाम्सादिमलाइ जानकारी दिनुभएकाे छ । शैलुङको मौसमलाई मध्यनजर राख्दै यथाशीघ्र सुङ राख्ने कार्यसंगै छ्योठुल धुइछेन (ऋद्धि प्रतिहार्य दिवस )को पावन अवसरमा सुङ संकलन एवं विश्व शान्ति र समस्त जगत प्राणीहरुको हितको निमित्त छ्योग्ले रिन्छेन ठ्रेङ्वा च्योई छ्योक तथा जिन्सेक पूजा कार्यक्रम आयोजना गरेकाे थाेकारले जानकारी दिनुभएकाे छ ।
कार्यक्रम झ्यारुङ खस्योर छ्योर्तेनको प्राङ्गण (बौद्ध) परिसरमा यही फल्गुण ४ गतेदेखि ६ गते सम्म हुने जनाएकाे छ । उक्त सुङ संकलन एवं विश्व शान्ति पूजामा उपस्थितिका लागि आयोजकले अनुराेध गरेका छन् ।

बाेधिचैत्यमा राख्ने सुङहरू यसप्रकार रहेकाे छ ।

Comments

comments

SHARE