माघ २७, काठमाडाैं / तमाङ कला संस्कृतिमा आधारित चलचित्र प्रङ्ना आइतबार माछापाेखरीस्थित अष्टनारायण हलमा प्रदर्शन गरेकाे छ । कला संस्कृतिकाे धनी तमाङहरुमा पश्चिमी तमाङ कला संस्कृतिमा आधारित चलचित्र प्रङ्ना हलमा पहिलो पटक शो प्रदर्शन गरेकाे हो ।

प्रदर्शनमा पूर्व गृह मन्त्री बुद्दिमान तमाङ, पूर्व संस्कृति पर्यटन तथा नागरिक उद्द्यान राज्य मन्त्री परशुराम तमाङ, आदिबासी जनजाती  चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, तमाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर उलगायतले उपस्थित भएर प्रदर्शनमा साथ दिएका थिए ।

चलचित्र हेरिसकेपछि सन्देशमुलक तामाङ चलचित्र बनेकोमा खुशी ब्यक्त गर्दै पूर्व गृह मन्त्री तमाङले आगामी दिनहरुमा यस्तै चलचित्र निर्माण गर्न आग्रह गर्नु भएकाे थियाे । गरीबी जनजीवनको कथालाई लिएर निर्माण गरेकाे चलचित्रमा गरीबीका करण भोग्नु परेको समस्या,चेलीबेती बेचबिखन, र यस्को निवारण कसरी गर्नु पर्छ, वास्तविक गरीबको हुन भन्ने सार चलचित्रमा उतारेकाे छ ।

राज किङ वाइबा (सुक बहादुर तमाङ) को निर्देशन, सन्जु थोकरको छायाङ्कन, सगर एस वाइब र यु बि मोङ्रेस्साको शब्द ,सङ्गित तथा स्वर गयिका दिपा लामा र बबिता पाख्रिन रहेको चलचित्रलाई नुवाकोट,रसुवा र धादिङका पर्यटकिय स्थल सिङ्ला, रुबीभ्यालिमा छायाङ्कन गरेको निर्माण पक्षले जानकारी दिएका थिए ।

हाम्रो कला संस्कृति हाम्रो पहिचान हो, त्यसैले यसकाे जगेर्न गर्नु पर्छ भन्ने हेतुका साथ् चलचित्र निर्माण गरेकाे निर्मात्री छिमी मम्बा तमाङले बताइन् । राज किङ वाइबा, लीला तमाङ, मर्नेन वाइबा, कान्छा लामा, बिगेन्द्र वाइब, गोपाल घले, लामा भाई, रेशा तमाङ लगायत अन्य कलाकारहरूले उक्त चलचित्रमा अभिनय गरेका छन् ।

उक्त चलचित्रलालाई आगामी फाल्गुन ३ र ४ गते धदिङ बेशी र फाल्गुन १० र ११ नुवाकोटमा प्रदर्शन गर्ने मम्बाले बताइन् ।

Comments

comments

SHARE