माघ २४, काठमाडाैं/ नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका देउरालीमा २८५५ साेनाम ल्होछर भब्य रुपमा सम्पन्न भएकाे छ । कार्यक्रमम लामा गुरुहरुद्वारा साङ्सेरगेम गरेर शुरु गरेकाे थियाे । सांस्कृतिक पर्व ल्हाेछार कार्यक्रममा स्थानिय तथा राष्ट्रिय  कलाकारहरुले आ-आफ्नाे प्रस्तुति राखेका थिए ।

नेपाल तामाङ घेदुङ म्यागङ गाउपालिकाको आयोजना र म्यागङ युवा क्लबको सह-आयोजनामा कार्यक्रम भएकाे हाे ।  कार्यक्रममा पालिका प्रमुख आश बहादुर तामाङ, उपप्रमुख शान्ती लामा गुरुङ, वडाका वडाध्यक्षहरु, छिमेकी किस्पङ गाउँपालिका प्रमुख छत्र लामा लगायतले उपस्थिति जनाएका थिए । 
देउराली माबिको प्राङ्गणमा संचालित ल्होछर कार्यक्रम म्यागङ गाउँपालिका प्रमुख आश तामाङको प्रमुख आतिथ्य, म्यागङ गाउपालीका घेदुङका अध्यक्ष रुप बहादुर तामाङको सभतित्व र घेदुङ संघीय सदस्य बिगेन्द्र वाइबा तामाङ्को बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न गरेका थिए । उक्त कार्यक्रम म्यागङ घेदुङका सचिव धनम तामाङ र म्यगङ घेदुङ उपाध्यक्ष अतम तामाङले सन्चालन गरेका थिए ।बृहत ल्होछार सांस्कृतिक कार्यक्रमकाे पहिलो दिन गाउँपालिक स्तरीय बिद्यालयहरु बीच नृत्य प्रतियोगिता राखेका थिए ।  प्रतियोगितामा माबी तहका १० वटा बिध्यालयहरु सहभागी गराएका थिए । यसैगरी दोश्रो दिनको संगीतिक कार्यक्रममा श्ह्येबोन (दोरा गीत गाउने) द्वारा लाइभ दोरा र बुङ्ताङका नाट्यकर्मी समुहको ल्होछर सम्बन्धी नाटक बिशेष प्रस्तुतिको रुपमा रहेकाे छ ।
-Tamang Voice

Comments

comments

SHARE