-प्रकाश थिङ
बागमती ललितपुर /तामाङ समुदायको महान पर्व नयाँ वर्ष २८५५ ड्वा( सुँगुर ) वर्षको अवसमा बागमती गाउँपालिकामा पनि मनाएकाे छ । गाउँपालिकाकाे आयाेजना  र तामाङ एकता महाअभियान को सह-आयोजनामा कार्यक्रम सम्पन्न गरेकाे हाे ।  उक्त गाउँपालिकामा पहिलाे पटक यसरी ल्हाेछार कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चान, विषेश अथिति उप प्रमुख रन्जना घिमिरे, बागमती गाउँपालिका प्रसासकीय अधिकृत युवराज आर्चार्य, जिल्ला प्रशासन कार्यालयका सिडियो प्रेमराज जोशी, महानगरीय प्रहरी परिसद ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक एस.एस.पि रवीन्द्र धानुक, दक्षिण काली गण खुमुल्टारका सशस्त्रर प्रहरी उपरीक्षक एस.पि शिव श्रेष्ठ राष्ट्रिय अनुसन्धान विभागका प्रहरी अनुसन्धान उपरीक्षक एसपि पप्पु शर्मा पौडेल लगायतले उपस्थिति जनाएका थिए ।

गाउँपालिका प्रमुख वीर बहादुर तामाङले सांस्कृतिक पर्व ल्हाेछारकाे प्रबर्द्धन गर्दै बागमतिलाई पर्यटकिय क्षेत्रकाे रूपमा चिनाउन ल्हाेछार कार्यक्रम आयाेजना गरेकाे बताए । तामाङले ल्हाेछारलाइ घर-घरमा भित्र्याउन सहज बनाउनकाे लागि यसरी सबै गाउँपालिका र नगरपालिकाले महत्वका साथ अगाडि बढाएमा सम्पूर्ण समुदायकाे पर्वहरू संरक्षण हुने बतात ।

कार्यक्रममा तामाङ एकता महाअभियानका नेपाल संयोजक स्मृति दोङले तामाङ एकता ल्हाेछारकाे शुभकामना दिँदै संस्थाकाे विषयमा प्रष्ट पारिन् । साथै उक्त कार्यक्रममा तामाङ अभियानता बागमती संयोजक केदार भज्यु तामाङलाई बागमती गाउँपालिकाले प्रोत्सहान स्वरूप ५ हजार पुरस्कार समेत दिएका थिए । कार्यक्रम तामाङ एकता महाअभियनका संयोजक सभापति अमृतमान घिसिङकाे सभापतित्वमा गरेका थिए ।

Comments

comments

SHARE