-नाम्सादिम संवाददाता
यम्बु माघ २२/काठमाडौंकाे टुँडिखेलमा तामाङहरूले २८५५ फाग् ल्हो, (सुंगुर वर्ष) साेनाम ल्हाेछार धुमधामका साथ सम्पन्न गरेकाे छ । नेपाल तामाङ घेदुङकाे संयाेजकत्वमा एक सय भन्दा बढी संस्थाहरूकाे आयोजक समिति गठन गरेर ल्हाेछार कार्यक्रम सम्पन्न गरेकाे हाे । मंगलबार रत्नपार्क, शान्ति बाटिकाबाट लामा, बाेम्बाे र ताम्बा सहितकाे झाँकी सहित हजारौको संख्यामा र्याली निकाल्दै टुडिखेलमा पुगेका थिए ।

कार्यक्रममा घेदुङका संघीय अध्यक्ष माेहन गाेले तामाङले हिन्दुहरूकाे दशैंमा धेरै ताेपहरू पड्काएर मनाउँछन् । तर तामाङ समुदायकाे ल्हाेछारमा एउटा ताेप पड्काएर सम्मान दिन सकेन त्यसैले अब मेराे छापतिमा ताेप पड्काएर देखएउ भन्दै सरकारलाई चुनाैति दिएका थिए । राज्यले गरेकाे यस्ताे विभेदका कारण काठमाडाैं छेउछाउमा बस्ने तामाङहरूले सिंहदरबार घेर्न नपराेस् भन्दै तामाङले थपेका थिए ।

तस्बिरः साेम्फे तामाङ

मन्तव्यकै क्रममा अादिवासी जनजाति महासंगका अध्यक्ष जगत बरामले राज्यले यसरी नै विभेद गरिरहने नै हाे भने तामाङ समुदाय चुप लागेर नबस्ने बताए । बरामले ल्हाेछारकाे बिदा कटाैदीकाे विषयमा बाेल्दै तामाङ समुदायकाे सांस्कृतिक पर्व ल्हाेछारकाे बिदा तामाङहरूले सिंहदरबार भित्र छिरेर लाखाैंकाे संख्यामा पुगेका तामाङहरूले नै डम्फू बजाउदै बिदा घाेषणा गर्ने हैसियत बाेक्ने बताए ।

Comments

comments

SHARE