न्युयोर्क । यही फेब्रअरी २, २०१९ मा तामाङ समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा भएकाे साेनाम ल्हाेछार भव्य रूपमा सम्पन्न भएकाे छ । कार्यक्रम नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदुत कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे । यसैगरी न्युयोर्क शहरका काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिज विशेष अतिथि रहेका थिए ।

प्रमुख अतिथि सुवेदीले छोटो समयमा तामाङ समाज अमेरिकाले धेरै रचनात्मक सामाजिक कार्यहरु गर्न सफल भएकाे बताएकाे छ । दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गर्ने कार्यक्रम तामाङ समाज अमेरिकाले संचालन गरेर आफ्नो मौलिक भाषाको प्रवर्द्दन गर्ने कार्य प्रवासमा गरिनु अत्यन्तै सराहनीय रहेको उनले बताए । काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिजको विशेष सहयोगमा न्युयोर्क शहरमा “माउण्ट एभरेस्ट वे” को नामाकरणको घोषणा सभा शीघ्र भविष्यमा गरिने भनेर उनले औपचारिक घोषणा समेत गरेका थिए ।

विशेष अतिथि काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिजले आफू नेपाली समुदायबाट अत्यन्तै प्रभावित भएको र नेपाली समुदायको लागि न्युयोर्क शहरमा स्थानीय सरकारबाट उपलब्ध गराउन सकिने हरेक सहयोगहरु उपलब्ध गराउन आफूले सकेकाे सहयाेग गर्ने बताए । संघीय सरकार आप्रवासीहरुको हकमा प्रतिकुल देखिएतापनि न्युयोर्कको स्थानीय सरकार आप्रवासीहरुलाई सधै न्यानो स्वागत गरिरहने पनि उनले थपे ।

तामाङ समाज अमेरिकाका सल्लाहकार भोजराज थोकरले तामाङ समाजले कर्मभुमिमा आफ्नो पहिचानलाई स्थापित गर्दै आफ्नो मौलिकतालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरेका थिए । नेपालको नुवाकोट जिल्लामा ट्रक दुर्घटनाबाट पिडित परिवारलाई १ लाख ४० हजार सहयोग गरेको तथा दोलखा र रामेछाप जिल्लाको पवित्र धार्मिक एवं ऐतिहासिक तिर्थस्थल शैलुंग डाँडामा बोधी चैत्य निर्माणको लागि ५ लाख रुपैया चन्दा सहयोग उपलब्ध गराउने जस्ता अनेकन कार्यहरु सम्पन्न गरेर तामाङ समाज अमेरिकाले सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान गर्न सफल रहेकाेमा अाफूलाइ खुशी लागेकाे बताएका थिए । सामाजिक र मानवीय क्षेत्रमा मात्र नभएर स्थानीय मुलधारमा तामाङ समाज अमेरिकाका संरक्षक लुईसाङ वाईबा तामाङ स्थानीय एल्म्हर्स्ट हस्पिटलको कम्युनिटी एडभाइजरी बोर्डमा नियुक्ति हुनु तामाङ समाज अमेरिकाको लागि अर्को महत्वपूर्ण उपलब्धि भएको तामाङकाे बनाइ छ ।

समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले जन्मभुमि र कर्मभुमि दुवै ठाउँमा तामाङ समाज अमेरिकाले महत्वपूर्ण सहयोगहरु गरिरहने बताइन् । सामाजिक विकासको लागि तामाङ समाज अमेरिका सधै क्रियाशील रहिरहने र तामाङ समुदायको सशक्तिकरणको लागि मात्र नभएर डायसपोराका सिंगो नेपालीहरुको सशक्तिकरणको लागि समेत तामाङ समाज अमेरिका सक्रिय रहेको उनले बताइन् । डायस्पोरामा नेपालीहरुको पहिचानलाई स्थापित गराउन तामाङ समाज अमेरिकाले भविष्यमा महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्ने र अन्य संघ संस्थाहरुसंग रचनात्मक उद्देश्यको लागि हातेमालो गरेर अगाडि बढ्ने उनले बताइन् ।

ल्होछार कार्यक्रम लामा गुरुहरुबाट पूजा-पाठ गरेर प्रारम्भ भएको थियो भने साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरेर समापन गरेका थिए ।  तामाङ समाज अमेरिकाको नेपाली (खस) र तामाङ भाषा शिक्षा परियोजना अन्तर्गत नाङ्साल स्कुलका स-साना विधार्थी भाइबहिनिहरुले नेपालको राष्ट्रिय गीतमा प्रस्तुती रहेकाे समाजका सचिव बिनिता तामाङले बताइन् । संस्थाका महासचिव बुद्धिमान तामाङले संचालन गरेकाे कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ब्रजेश लामाले स्वागत मन्तव्य राखेका थिए । यसैगरी दोश्रो सत्रको सांस्कृतिक कार्यक्रमको सन्चालन फुरु लामा बल र रेनु लामा वाइबाले गरेका थिए ।

Comments

comments

SHARE