-नाम्सादिम संवाददाता
तामाङहरूकाे पर्व साेनाम ल्हाेछार २८५५ काे अवसरमा कम्प्लिट डेन्टल सेन्टर प्रा.लि.द्धारा ४० प्रतिशत छुट दिने भएकाे छ । ग्राहकहरुलाई शुभकामना सहित ४० प्रतिशत छुट दिएको प्रबन्ध निर्देशक दिपक बम्जनले नाम्सादिमलाई जानकारी दिनुभएको छ ।

प्रा.लि.द्धारा एक महिनासम्म ग्राहकहरुलाई छुट दिने जनाउनुभएको छ । प्रा.लि.ले तामाङ र शेर्पा समुदायले मनाउँदै आएको साेनाम र ग्याल्पो ल्होछारको अवसरमा ग्राहकहरुलाई सहज बनाउँनका लागि छुटको ब्यबस्था गरेको जनाउनुभएको छ ।

ग्राहक वर्गलाई सहज बनाउँन प्रा.लि.ले निःशुल्क दन्त परिक्षण, निःशुल्क दन्त परामर्श, निःशुल्क दाँत निकाल्नेको समेत ब्यबस्था गरेको बम्जनले जानकारी दिनुभएको छ । बम्जनले सम्पूर्ण ग्राहक वर्गलाई बाैद्ध पिपलबाेट गाेइलाे सप्लायर्ससंगै रहेकाे कम्प्लिट डेन्टल सेन्टर प्रा.लि. मा उपचार गर्न समेत अनुराेध गरेकाे छ ।

Comments

comments

SHARE