-नाम्सादिम संवाददाता

माघ १७, काठमाडाैं । नेपाल आइडल बुद्ध लामा र चर्चित म्हेन्दोमाया गायक सुमन घलेले साईप्रस तताउँने भएको छ । २८५५ औं सोनाम ल्होछारलाई भव्यताका साथ सफल बनाउन नेपालबाट २ कलाकार जान लागेको हो । कार्यक्रम साईप्रस घेदुङको आयोजनामा हुन लागेको हो ।

ल्होछार कार्यक्रम यहि फेब्रुअरी तीन तारिख विहान १० बजेदेखि लिमासोलमा हुनेछ । कार्यक्रममा स्थानिय कलाकारहरु अभिस लामा, आकाश सुनुवार, सागर ठकुरी, सुनी दोङ तामाङ, सुनीमाया तामाङ, साहारा लोप्चन, रेणु तामाङ, सलिना गुरुङ, मिना लामा, अञ्जली तामाङ लगायतको प्रस्तुति रहने संस्थाकी महासचिव लक्ष्मी ब्लोन तामाङले नाम्सादिमलाई जानकारी दिएकी छिन् ।

कार्यक्रममा स्याब्रु नाच, तामाङ सेलो, म्हेन्दोमाया लगायतको गीतहरुमा नृत्य गर्ने समेत रहेको तामाङले बताइन् । कार्यक्रमको सम्पूर्ण तयारीहरु गरीसकेको तामाङले बताइन् । उक्त कार्यक्रमको अन्तिममा खाप्से लगायत ल्होछारको विभिन्न परिकार खाएर कार्यक्रम सम्पन्न गर्ने तामाङले बताइन् ।

यस संस्था “तामाङ जातिको उत्थान,भाषा धर्म र संकृतिको संम्बर्द्वन” भन्ने मुल नाराका साथ २०१६ अक्टोबर २३ मा स्थापन भएको हाे । संस्थाले स्थापन कालदेखी नै तामाङ जातिको भाषा, धर्म ,रिति , संस्कार, संस्कृति तथा पहिचान जगेर्ना गर्नुका साथै गरीब दिन दुखीहरूलार्इ सहयाेग गर्दै आएकाे महसचिव तामाङले जानकारी दिइन् ।

Comments

comments

SHARE