–नाम्सादिम संवाददाता
ह्याङला दोलखा काठमाडौं तामाङ समाजले सोनाम ल्होछार मनाउँने भएको छ । समाजले माघ १९ गते शनिबार सुकेधारा चावहिलमा मनाउँने अध्यक्ष सरोज माेक्तानले जानकारी दिएको छ ।

ल्होछार कार्यक्रममा दोलखाली कलाकारहरुको प्रस्तुति रहने जनाएको छ । सोनाम ल्होछारको प्रवर्धन, हाम्रो सांस्कृतिक अभियान ! घर–घरमा ल्होछार स्थापना हाम्रो ऐतिहासिक पहिचान भन्ने मूल नारा सहित ल्होछार महोत्सव गर्न लागेको माेक्तानले नाम्सादिमलाई जानकारी दिएको छ । |

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्माननीय पुर्व प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य झलनाथ खनाल उपस्थित हुने छ । यसैगरी विशिष्ट अतिथिमा माननीय भूमि सुधार, कृषि तथा सहकारी बिकास मन्त्री दावा दोर्जे लामा उपस्थित हुने आयोजकले जानकारी दिएको छ ।

समाजले उक्त कार्यक्रमका दिन कलाकार, पत्रकार र संस्थालाई स्थापनाकालदेखि साथ सहयोग गर्ने सहयोगी हातहरुलाई पनि सम्मान गरिने आयोजकले जनाए ।

Comments

comments

SHARE