–नाम्सादिम संवाददाता
माघ १५, काठमाडाैं /तामाङ चलचित्र ‘‘प्रङ्ना’’ राजधानीमा प्रदर्शन गर्ने भएको छ । काठमाडौंमा मंगलबार पत्रककार सम्मेलन गरेर चलचित्रलाई प्रदर्शन गर्ने जानकारी दिएको हो । ल्होछारको अबसर पारेर यहि माघ २७ गते राजधानीको माछापोखरी स्थित अष्टनारायण हलमा ‘‘प्रङ्ना’’को प्रदर्शन गर्ने निर्देशक राज किङ वाईबाले जानकारी दिएको छ ।

करिव २४० वर्ष अघि तामाङ समुदायमा रहेको गरिबीलाई कथामा उतार्न खोजेको चलचित्रमा राजाको भूमिका निभाएका विगेन्द्र वाईबा तामाङले बताए । चलचित्रको निर्देशन राज किङ वाईबा (सुक बहादुर तामाङ)ले र कथा तथा निर्माता छिमी मम्बा तामाङले गरेका हुन् ।

रसुवा, धादिङ र नुवाकोट आसपासमा चलचित्रको छायांकन गरेको निर्देशक वाइबाले जानकारी दिएको छ । सम्मेलनमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत कुमार सुनुवारले तामाङ चलचित्र तामाङ समुदायको परम्परागत ज्ञानको भण्डार रहेको बताए । यस चलचित्रले सिङ्गो तामाङ समुदायलाई विश्वभर चिनाउन मद्दत गर्ने उनले दावी गरे । तामाङ लगायत आदिवासी जनजातिहरुले निर्माण गरेको चलचित्रलाई राज्यले भाषाको समस्य देखाउँदै देशभर रहेको हलहरुमा प्रदर्शन गर्न नदिएको हुनाले चलचित्र कर्मीहरु अझै राज्यको विरुद्धमा आन्दोलन गर्नु पर्ने समेत उनले बताए ।

पत्रकार सम्मेलनमा निर्देशक तथा गायक रोशन फ्युबा, तामाङ समाज कतारका थर्चामान तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।चलचित्रमा कलाकारहरु राज किङ वाईबा, लिला थिङ तामाङ, जोङबा कान्छा तामाङ, बिगेन्द्र वाईबा, बनु लोप्चन तामाङ, सोनी वाईबा, बुद्धिमान तामाङ, गोपाल घले, पुष्प वाईबा, बिना घले, विजय मम्बा, रेसा तामाङ लगायतले अभिनय गरेका छन् ।

प्रङना निर्माण गर्न करिव २५ लाख लगानी रहेको निर्माता छिमी मम्बा तामाङले बताइन् । उनले तामाङ चलचित्रबाट तामाङ समुदायको कुरालाई उठान गरेर विश्वभर छरिरहेका तामाङहरुको सामु पु¥याउन आफूले चलचित्रमा लगानी गरेको बताइन् ।

Comments

comments

SHARE