-नाम्सादिम संवाददाता

पाैष २७, काठमाडाैं/ गायिका उषा पाख्रिनको नयाँ गीतको भिडियो “हिउँदोको महिना” सार्वजनिक गरेको छ । निर्देशक तथा मोडल खेम मोक्तानद्धारा निर्देशन गरेको उक्त भिडियोलाई शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । भिडियोमा मोडल तथा निर्देशक खेम मोक्तान र संगीता घलेले अभिनय गरेका छन् ।

गायिका पाख्रिनको यो दोस्रो एल्बममा रहेको गीतकाे भिडियोलाई गायक संजीव वाइबाको उपस्थितिमा सार्वजनिक गरेका थिए । गायिका पाख्रिनको “पाख्रेली मैच्याङ” पछिको “हिउँदोको महिना”  भिडियाेलाई बजारमा ल्याएको हो ।

निर्देशक तथा मोडल मोक्तानले एक दर्जन भन्दा बढि म्युजिक भिडियोहरुमा निर्देशन तथा मोडलको रुपमा अभिनय गरीसकेका छन् । भिडियो छायांकन तथा सम्पादन रोशन फ्युबाले गरेका थिए । शुक्रबार सार्वजनिक भिडियोलाई ल्हाप्साङ कार्पोको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

गायिका उषा पाख्रिन भिडियाेमा ।

भिडियोलाई नगरकोट लगायतको ठाउँमा छायांकन गरेको निर्देशक मोक्तानले नाम्सादिमलाई जानकारी दिनुभएको छ । उक्त गीतको शब्द जीवन बोम्जन, संगीत टेक घिसिङ र एरेन्जर जोगलाल लामाले गरेको मोक्तानले जानकारी दिनुभयो । माेक्तानकाे छिट्टै नयाँ गीतकाे भिडियाे पनि सावर्जिनक गर्ने जनाउनुभएकाे छ ।

Comments

comments

SHARE