–नाम्सादिम संवाददाता
पौष २५, ०७५/ तामाङ समाज अमेरिकाले सात जनाको सल्लाहकार समिति बनाएको छ । समाजले संस्थालाई अझै ब्यबस्थित तरिकाले अगाडि बढाउँन सल्लाहकार समिति बनाएको समाजका कोषाध्यक्ष फुरु लामा बलले नाम्सादिमलाई जानकारी दिइन् ।

सल्लाहकार समितिमा भोजराज थोकर (न्युयोर्क), रेशम बल तामाङ (क्यालिफेर्निया), डा. आशलाल तामाङ (मिनिसोटा) नरेन्द्र तामाङ (क्यालिफेर्निया), चुन्टीयु लामा (कनेक्टिकट) रहेका छन् ।
यसैगरी समाजले कानुनी सल्लाहकारमा न्युयोर्कबाट डिल्लीराज भट्टलाई राखेका छन् ।

भोजराज थोकर नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिव हन् भने, रेशम नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्रा) क्यालिफोर्निया शाखाका निवर्तमान अध्यक्ष र राजेन्द्र तामाङ को–अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका संस्थापक महासचिव हो । यसैगरी नरेन्द्रलाई स्थानीय समाजसेवीको रुपमा चिनिन्छ ।

तामाङ समाज अमेरिकाको विधान अनुसार सल्लाहकार समितिको अध्यक्ष संस्थाकै अध्यक्षले गर्न मिल्ने प्रावधान बनाएको छ भने महासचिव पदेन सदस्य सचिव रहने ब्यबस्था रहेको समाजका सचिव बिनिता तामाङले जनाइन् ।

Comments

comments

SHARE