-नाम्सादिम संवाददाता
पौष २५, काठमाडौं/ तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछार साउदी अरबको रियादमा मनाउँने भएको छ । साउदी अरबमा नै पहिलो पटक सोनाम ल्होछार मनाउँन लागेको आयोजक संस्थाले नाम्सादिमलाई जानकारी दिएको छ ।

कार्यक्रम साउदी घेदुङले १८ जनवरी २०१९ शुक्रबार एक्जिटमा गर्ने भएको हो । ल्होछार कार्यक्रमलाई भव्य बनाउनका लागि अतिथि कलाकार देशु गोलेलाई लाने भएको छ ।

साथै कार्यक्रममा तामाङ मौलिकता झल्किने खालको तामाङ सेलो, म्हेन्दो माया र तामाङ गीतलाई प्राथमिता दिने आयोजकले जनाएको छ ।

२८५५ औं (फा ल्हाे) सोनाम ल्होछार सम्पन्न गर्नका लागि संस्थाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी गरिसकेको समितिका अध्यक्ष राम लामा तामाङले बताए ।

Comments

comments

SHARE