-नाम्सादिम संवाददाता

पाैष २४, ०७५ काठमाडाैं/ गायक अशोक तामाङ र गायिका निर्मला घिसिङको “जेबा म्रङसी” म्युजिक भिडियो सोमबार सार्वजनिक गरेको छ । गायक अशोक र गायिका निर्मला घिसिङले दर्जनौ तामाङ, तामाङ सेलो गीतहरुमा स्वर दिइसकेका छन् ।

आउँदै गरेको तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारलाई लक्षित गरेर भिडियोलाई सार्वजनिक गरेको निर्देशक सुर्य लामाले नाम्सादिमलाई जानकारी दिएको छ । अझै ल्होछारलाई लक्षित गरेर धेरै गीतहरु छायांकन गर्दै गरेको लामाले जनाएको छ ।

गायक अशाेक तामाङ

मिडियाले जेबा म्राङसीको भिडियो स्वयम्भू पारी सेतो गुम्बाको पछाडि छायांकन गरेको गायक अशोक लामाले जनाएको छ । उक्त गीतको भिडियोलाई जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ । भिडियोको निर्देशन, छायांकन तथा सम्पादन सुर्य लामाले गरेको छ ।

गायिका निर्मला घिसिङ

तामाङ गीतको शब्द कुमार स्याङबाले लेखेका हुन भने, संगीत निमा दोङले गरेका थिए । भिडियोमा अभिनय अभि तामाङ र साहीन तामाङले गरेका छन् ।

Comments

comments

SHARE