२० पौष, काठमाडौं  /ल्होछार नजिकिदै गर्दा यति बेला सेलो संगीतिक बजारमा रेश्मा बम्जन र योगेश लामाको “आमैले होई आमैले” अफिसियल भिडियो जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेकाे छ । प्रेम बल लामाको शब्द, योगेश लामाको संगीत, फनिन्द्र राईको एरेन्ज, दिपेश प्रधानको मिक्सिङमा पर्पल स्टुडियोमा रेकर्डिङ गरेका थिए ।

गायिका रेश्मा बोम्जनको डम्फू र सेलो, मैले क्यारम भो, यो कान्छी, के सारो हेरेको च्याङ्बा जस्ताे गीतहरु श्रोता अनि दर्शक माझ लोकप्रिय बनिसकेकाे छ । त्यस्तै गायक योगेश लामाको तामाङ ठिटो, आस्याङकी छोरी जस्ता गीत सेलो बजारमा रहेका छन् ।

मोडल रोहनी लामाले यसअघि पनि गायिका बोम्जनको डम्फू र सेलो मा अभिनय गरेका थिए । जुन गीत चर्चित पनि भएकाे थियाे । थुप्रै म्युजिक भिडियोमा अभिनय अनुभव गरेकी रोहिनीको अभिनयको प्रशंसा सर्वत्र गर्ने गरिन्छ ।

भिडियोमा च्याङ्बा र मैच्याङ बिचको माया पिरतीलाई देखाइएको देखिन्छ । च्याङ्बाको भुमिकामा आरम्भ तामाङ र मैच्याङको भुमिकामा रोहनि लामा छिन् । भिडियोलाई छायांकन, सम्पादन तथा निर्देशन समेत जिग्मे मिडियाका प्रोपाईटर सुर्य लामाले नै गरेकाे छ । नृत्यनिर्देशन अभि लामा, ड्रोन प्रविन राई, तथा शृङ्गार दिया रिजालले गरेका थिए ।

Comments

comments

SHARE