तस्बिरः नारायण महर्जन/सेताेपाटी

पाैष १९, काठमाडौं/ सांसद रेशम चौधरीले सपथ खुवाएर सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका थिए । सचिवालयमा सभामुख कृष्णबहादुर महराले बिहीबार संसदलाई सपथ लिएपछि चाैधरीले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेकाे हाे ।

यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला ।

चौधरीले भने, ‘मतदाताले मलाई न्याय दियो । अब न्यायालयले दिन बाँकी रह्यो।’ ‘सांसदको सपथ लिएर जेल जाने इतिहासकै पहिलो व्यक्ति मै हुँला,’ सांसदको लोगो लगाएर जेल जानुअघि चौधरीले प्रश्न गरे, ‘सांसदलाई सपथ खुवाएर, लोगो लगाएर जेल पठाउन मिल्छ ?

आफू माला र खादा लगाएर फेरि जेल जानुपर्ने भन्दै उनले प्रश्न गरे । ‘मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ कति रहन्न ?’

नेपाली कानूनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्न नपाइने भए पनि आफूहरु जेलमा बसिरहेको भन्दै चौधरीले यो मुद्दा छिटो भन्दा छिटो टुंग्याउन आग्रह गरेका थिए ।

आफूले द्वन्द्व नचाहेको भन्दै उनले जनताले न्याय नपाएसम्म समृद्धि नआउने पत्रकारहरूकाे अगाडि भनेका थिए । ‘शान्ति नभई समृद्धि बन्न सक्दैन । समृद्धि बनाउन जनतालाई न्याय दिनुपर्छ’ थाैधरीले भनेका थिए ।
अनलाइन खबरबाट साभार गरेकाे भिडियाे हेर्नुहाेस् ।

Comments

comments

SHARE